सिड्नीमा नेप्लिज प्रिमियर लिग हुदै
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः4 years ago

सिड्नी । नेप्लिज क्रिकेट संघ अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पहिलोपटक फ्रेन्चाइजमा आधारित नेप्लिज प्रिमियर लिग (एनपिएल) अष्ट्रेलिया प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा ४ वटा टिमले डबल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली समुदायमा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएपछि आगामी अगस्ट १४ देखि प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रिमियर लिगका लागि ४ वटा फ्रेन्चाइज टिमले अक्सन मार्फत खेलाडी अनुबन्धन गरिसकेका छन् । अक्सनका लागि आब्हान गरिएको खेलाडी नामदर्तामा ३ सय भन्दा बढीले आफ्नो नाम समावेश गरेका थिए । त्यसमध्ये फ्रेन्चाइज टोलीहरुले ६० खेलाडी अनुबन्धन गरिसकेको संघका अध्यक्ष करण श्रेष्ठ जानकारी दिए । ‘हामीले एकहप्ताअघि प्रतियोगितालाई लक्षित गरेर एसीएए गाला डिनर पनि आयोजना गरेका थियौँ’, उनले भने, ‘हामीले सन् २००८देखि हरेक सेप्टेम्बरदेखि ६ महिनाका लागि क्रिकेट सिजन सञ्चालन गर्दै आएका थियौँ, यसबर्ष व्यवसायिक रुपमा लिग पनि आयोजना गर्न लागेका हौँ ।’

(भिडियो न्यूजका लागि तलको लिङकमा जानुहोस्)

लिगमा भाइव्रेन्ट वेगनास स्टार, पिरनाह से–फोक्सुण्डो स्टाइर्कस्, रे प्रपर्टीज् गोक्यो हिरोज् र मेरिट टेस्हो रोल्फा च्यालेञ्जर्स् बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका लागि ट्रफी रिभिल र फ्रेन्चाईज टोलीहरुले टिम कप्तान समेत सार्वजनिक गरिसकेका छन् । हरेक हप्ताको आइतबार आयोजना हुने प्रतियोगिता ५ हप्तासम्म चल्ने बताईएको छ । फिस्टेल होम्सले मुख्य प्रायोजन गरेको प्रतियोगितालाई भव्य बनाउन तयारीलाई थप तीब्र पारिएको छ । संघका अध्यक्ष श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन प्रायोजन गर्ने सबै प्रायोजकहरुलाई धन्यबाद समेत दिएका छन् । नेप्लिज क्रिकेट संघ अष्ट्रेलियाले एनपिएलका अतिरिक्त लामो समयदेखि बर्षको ६ महिना क्लब क्रिकेट सिजन पनि सञ्चालन गर्दै आएको छ । जहाँ २४ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

(Visited 167 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services