सिड्नीमा मनाइदै आदिवासी जनजाति दिवस
प्रकाशित मितिः2 years ago

सिड्नी । २८ औँ अन्तराष्ट्रिय आदीबासी जनजाति दिवस अष्ट्रेलियाको प्रमुख शहर सिड्नीमा नेपाली समुदायले पनि भव्य रुपमा मनाईने भएको छ । अध्ययन र रोजगारका सिलसिलामा सिड्नीमा रहेका नेपाली समुदायका आदीबासी जनजातिले आगामी अगस्ट ६ तारिख जातीय पहिचान झल्किने भेषभुषा, झाकी र विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । नेपाली आदिबासी जनजाती मञ्च अस्ट्रेलियाको आयोजनामा मनाईने दिवसमा थकाली, नेवार, राइ, लिम्बु, शेर्पा, मगर, गुरुङ, छन्त्याल, राजवंशी, थारु र तामाङ गरि ११ जातीय संस्थाले आफ्नो जातीय र मौलिक परम्परा झल्किने पहिरन र झाकी प्रर्दशन गर्ने मञ्चका अध्यक्ष अरुण कुमार तामाङले जानकारी दिए ।

उनका अनुसार, सिड्नीको म्यारिकभिल स्थित टाउन हलमा साँझ ५ बजेदेखि हुने सो कार्यक्रममा प्रवेश निशुल्क गरिएको छ । दिवसको उद्घाटन अष्ट्रेलियाको संघीय सरकारका आदिवासी मन्त्री लिन्डा वर्नीले गर्ने कार्यक्रम तय भएको छ । ‘कार्यक्रमलाई भव्य बनाउन हामी लागि परेका छौँ’, अध्यक्ष तामाङले भने । ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने नाराका साथ यसबर्ष अन्तराष्ट्रिय आदीबासी जनजाति दिवस विश्वव्यापी रुपमा मनाईदैछ । कार्यक्रममा गायिका मनु नेम्वाङ र फुलकुमार बम्जनले आफ्नो साँगेतिक प्रस्तुती दिनेछन् । कार्यक्रमलाई अर्वान होम्सले मुख्य प्रायोजन गरेको जनजाति मञ्चले जनाएको छ ।

 

(Visited 160 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services