
सिड्नी । न्यू साउथ वेल्स सरकारले खाना र बगैंचाबाट निस्कने फोहोर (FoGo) अनिवार्य रूपमा रिसाइकल गर्नुपर्ने नयाँ कानुन पारित गरेको छ। यो निर्णय राज्यको वातावरण संरक्षण प्राधिकरण (EPA) को चेतावनीपछि आएको हो, जसअनुसार यदि कुनै कदम नचालिएमा सिड्नीको फोहोर व्यवस्थापन स्थल ९ल्याण्डफिल० दशकको अन्त्यसम्ममा ूपूरै भरिनेू बताइएको थियो।
नयाँ कानुनले खाना फोहोरलाई कम्पोस्टमा रूपान्तरण गरेर ूल्याण्डफिलको दबाब कम गर्नेू लक्ष्य राखेको छ। स्थानीय परिषदहरूले व्यवसायका लागि आगामी वर्षदेखि र घरायसी प्रयोगकर्ताका लागि २०३० सम्म (FoGo) रिसाइकल सेवा लागू गर्नेछन्।
न्यू साउथ वेल्स सरकारका अनुसार,(FoGo) फोहोरले घरायसी रातो फोहोर डस्टबिनको एक तिहाइ भाग ओगट्छ।नयाँ प्रणाली अन्तर्गत, सरकारले वार्षिक रूपमा एक मिलियन टन फोहोरलाई ल्याण्डफिलबाट हटाएर कम्पोस्टमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।
यस कानुनअन्तर्गत सुपरमार्केट, रेस्टुरेन्ट, अस्पताल, विद्यालयलगायतका स्थानमा विशेष फोहोर व्यवस्थापन डस्टबिनहरू उपलब्ध गराइनेछ। यसबाहेक, ठूला सुपरमार्केटहरूले दान गरिने खानाको परिमाण खुलासा गर्नुपर्नेछ। यदि परिषद वा व्यवसायहरूले नयाँ कानुनको पालना नगरेमा, तिनीहरूलाई अधिकतम $500,000. को जरिवाना लाग्न सक्छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services