विनोदको लगानीमा निर्मित क्रिकेट मैदानमा फ्लड लाइट जडान
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । प्रवासमा बस्ने नेपालीहरु, आफ्नो देश र देश विकासका लागि कति, इमान्दार रुपमा लागि परेका छन्, भन्ने कुरा सिड्नीलाई कर्मथलो बनाएका युवा व्यवसायी विनोद कुवंरले प्रमाणित गरेका छन् । एनआरएन आन्दोलनमा समेत सक्रिय विनोदले एक बर्षको अवधीमा रुपन्देहीमा एक्स्ट्राटेभ ओभल क्रिकेट स्टेडियम मात्र निर्माण गर्न सफल भएका छैनन्, नेपालमै पहिलो पटक फ्लड लाइट जडान गरेर खेलकुद क्षेत्रमा स्वर्णिम इतिहास समेत लेखेका छन् ।

क्रिकेटको बढ्दो क्रेज र सफलतासँगै नेपालमा सरकारी तवरबाट समेत फ्लड लाइट जडान हुन नसकिरहेको सन्र्दभमा विनोदले व्यक्तिगत लगानीमै उक्त काम सम्पन्न गर्न सफल भएका छन् । मैदानमा रातको समयमा पनि प्रतियोगिता सञ्चालन गर्ने गरी करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको निर्देशक कुवँरले जानकारी दिएका छन् ।

२०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्‌घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । अबको एक महिनाभित्र फ्लड लाइट पूर्ण रुपमा सञ्चालनमा आउने कुँवरले बताएका छन् ।

मैदानमा गत वर्षको फागुनयता एक सय भन्दा बढी खेल भइसकेका छन् भने नेपाल क्रिकेट संघ क्यानले सञ्चालन गर्ने सबैभन्दा ठुलो घरेलु प्रतियोगिता, प्रधानमनखत्ती कपका खेलहरु पनि सञ्चालन हुने तय भएको छ ।

 

(Visited 47 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services