काठमाडौँ । अध्ययन पूरा नगरी विदेशबाट फर्केका विद्यार्थीलाई क्रेडिट ट्रान्सफर नीतिअनुसार पठनपाठन गराउन सकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।मंगलबार रेक्टर खड्ग केसीले विज्ञप्ति जारी गर्दै इच्छुक विद्यार्थी र अभिभावकलाई विश्वविद्यालयमा सम्पर्क राख्नसमेत आग्रह गरेका छन् । ‘भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरुले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा क्रेडिट ट्रान्सफर नीतिअनुरुप भर्ना गर्न सकिने व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
यसअघि पूर्वाञ्चल र काठमाडौं विश्वविद्यालयले विदेशबाट फर्केका विद्यार्थीलाई क्रेडिट ट्रान्सफरमार्फत बाँकी पढाई पूरा गर्ने अवसर दिन सकिने भन्दै सम्पर्कमा आउन आग्रह गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयले विदेशमा अध्ययन पुरा गर्न नसकेका विद्यार्थीलाईलाई आफ्ना क्याम्पसहरुमा क्रेडिट ट्रान्सफर गरी अध्ययन गर्न सक्ने व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।
गत शुक्रबार रजिष्ट्रार कार्यालयले सूचना जारी गर्दै विदेशमा कारणवस अध्ययन पूरा गर्न नसकेका विद्यार्थीलाई सरकारको समन्वयमा प्रक्रिया पूरा गरी क्रेडिट ट्रान्सफरको व्यवस्था मिलाउने जनाएको छ । विश्वविद्यालयको आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा प्राज्ञिक परिषद्ले निर्धारण गर्ने मापदण्डबमोजिम उक्त व्यवस्था गर्ने सूचनामा उल्लेख छ । काठमाडौं विश्वविद्यालयले पनि यस्ता विद्यार्थीका लागि क्रेडिट ट्रान्सफररसंकलनका लागि छलफल डाकेको छ । प्राज्ञिक परिषद्लले विदेशी विश्वविद्यालयमा अध्ययनलाई निरन्तरता दिन नसक्ने विद्यार्थीको वस्तुस्थिति बुझन् छलफल डाकिएको जनाएको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services