भुवन केसीले सम्हाले कार्यभार
प्रकाशित मितिः4 years ago

काडमाडौं ।नेपाल चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले कार्यभार सम्हालेका छन् ।बुधबार बोर्डको कार्यालय चाबहिल पुगेर केसीले पदभार ग्रहण गरेका हुन्। उनलाई कार्यालयका कर्मचारीहरूले स्वागत गरेका थिए। पदभार ग्रहण गर्दै उनले फिल्म क्षेत्रका समस्याहरू पहिल्याएर समाधान गर्ने बताए।

‘नेपाल सरकारले मलाई फिल्म क्षेत्रको समस्याहरू समाधान गर्ने अवसर दिएको छ। मेरो काँधमा ठूलो जिम्मेवारी थपिएको छ। ४० वर्षदेखि मैले फिल्म क्षेत्रमा निरन्तरता दिइरहेको छु। अभिनेता, निर्माता तथा निर्देशकको हिसाबले मैले आफै पनि धेरै समस्या भोग्दै आएको छु। ती समस्याहरूको समाधान गर्न म विकास बोर्डमा आएको हुँ। मेरो तर्फबाट सक्दो प्रयास गरेर अगाडि बढ्नेछु,’ उनले भने।

उनी चलचित्र विकास बोर्डको अध्यक्ष बन्न कांग्रेस पार्टीमा प्रवेश गरेको चर्चा छ।यसबारे उनले प्रष्ट्याउदै भने, ’म आफ्नो तन, मन, वचनले पूर्ण रुपमा फिल्म क्षेत्रमै आवद्ध छु। कुनै पार्टीमा मात्र नभई जहाँ गए पनि म फिल्म क्षेत्रको विकासको लागि जान्छु। फिल्म क्षेत्र, कलाकार साथी, प्राविधिक साथी, मेरो देशको भाषा संस्कृति बोकेको फिल्मको लागि राम्रो हुन्छ भने म जहाँ जान पनि तयार छु।’हालै बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।

(Visited 121 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services