एडिलेडमा टेबुल टेनिस प्रतियोगिता हुने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

एडिलेड । साउथ अष्ट्रेलियाको प्रमुख शहर एडिलेडमा दोश्रो संस्करणको टेबुल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । नेप्लिज इन एडिलेडको आयोजनामा आगामी अगस्ट १३ तारिखमा पुरुष तथा महिला टेवुल टेनिस प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताका लागि आवश्यक तयारीलाई तीब्र पारिएको नेप्लिज इन एडिलेडका अध्यक्ष मनोरथ पौडेलले जानकारी दिए । उनका अनुसार, प्रतियोगितालाई कंगरु एजुकेशन एण्ड भिसा सर्भिस सेन्टरले मुख्य प्रायोजन गरेको छ । पहिलो संस्करणमा ५५ भन्दा बढी खेलाडीले सहभागिता जनाएको प्रतियोगिताकौ दोश्रो संस्करणका लागि उत्साहजनक रुपमा नामदर्ता भइरहेको आयोजकले जनाएको छ ।

अध्ययन र रोजगारको सिलसिलामा एडिलेड शहर आउने नेपाली विद्यार्थी र अभिभावकका साझा चौतारीका रुपमा परिचित नेप्लिज इन एडिलेड सन् २०१७ मा स्थापना भएको थियो । संस्थापक अध्यक्ष प्रकाश (आमिथ्य) गैरेले सामाजिक सञ्जाल फेसबुक मार्फत स्थापना भएको संस्थाले कोभिड महामारीमा नेपाली समुदायलाई राहत वितरण, अभिभावक वनभोज र समुन्द्री शिक्षाका विषयमा चेतनामुलक कार्यक्रम गर्दै आएको बताए । ‘यो प्रतियोगिता पनि हाम्रो समुदायिक अभियानको एउटा कार्यक्रम हो’, उनले भने । प्रतियोगितामा विजेताले पुरुष र महिलातर्फ समान ट्रफी, मेडल र प्रमाणपत्रसहित ६ सय डलर पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित ४ सय डलर पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

(Visited 81 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services