काठमाडौं । गत सोमबार दोस्रो कार्यकालको राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्को आप्रवासनसम्बन्धी नीतिको कारणले अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली फिर्ता हुने देखिएको छ ।
गैरकानूनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानूनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू यो घानमा पर्ने भएका हुन् । अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कका अनुसार अगामी ६ महिनाभित्र उनीहरू फिर्ता हुने देखिएको छ ।स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली सन् २०१५ जुन २४ पछि अमेरिका पुगेकाहरू भएको समाचारमा जनाइएको छ । यसअघि पनि अमेरिकाले नेपालीलाई फर्काएको उदाहरण छ ।पछिल्लो ४ वर्षमा अमेरिकाबाट १०३ नेपालीलाई फर्काइको छ ।
जसमा सन् २०२१ मा ३८ साथै २०२२, २३ र २४ मा क्रमशः २४, २५ र १६ जना छन् । अमेरिकामात्र नभएर पछिल्लो ४ वर्षमा ४ हजार नेपाली विदेशबाट फर्काइएको छ ।भारतीय विदेशमन्त्री एस। जयशंकरले अमेरिकामा गैरकानूनीरूपमा बसेका भारतीयहरूलाई फिर्ता गर्न भारत तयार भएको भन्दै सहयोगको प्रतिवद्धता जनाइसकेका छन् ।नेपालको परराष्ट्र मन्त्रालयबाट भने यसबारे कुनै सार्वजनिक धारणा आएको छैन । (साभार नेपाल प्रेस)
© 2023. All rights reserved. Designed By: HK Web Services