अशेषको उपचारमा सघाउन आर्थिक संकलन अभियान
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका नेपाली विद्यार्थी अशेष केसीको उपचारार्थ आर्थिक संकलन अभियान सुरु गरिएको छ । सिड्नीस्थित र्हस्टभिल बस्दै आएका २५ बर्षीय अशेषलाई पाँच महिना अघि उपचारका क्रममा ब्लड क्यान्सर भएको पुष्टि भएको थियो ।

अस्पतालका अनुसार, उनको उपचारमा दुई लाख ५० हजार डलर रकम लाग्ने बताएपछि घरपरिवारबाट संभव नहुँदा सार्वजनिक रुपमा आर्थिक संकलन अभियान सुरु गरिएको हो । म्याग्दीको बेनी नगरपालिका–५ पुलाका अशेष ७ बर्षअघि उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका थिए । उनको उपचारमा ठुलो धनराशी आवश्यक पर्ने भएपछि म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सामाजिक सञ्जालका साथै गोफण्डमी डटकम मार्फत अभियान सञ्चालन गरेको जनाएको छ ।

अभियानलाई व्यवस्थित बनाउन मोना अस्ट्रेलियाका दिनेश खत्रीको संयोजकत्वमा इन्द्र थापामगर, हिक्मत श्रेष्ठ, बाबुराम पौडेल, कुशल पौडेल र विशाल पौडेल सदस्य रहेको सहयोग समिति गठन गरिएको छ । डाक्टरहरले बोन म्यारो ट्रान्सप्लान्ट नै अशेषको जीवन बचाउने एकमात्र अत्यावश्यक उपचार भएको बताएका छन्। ‘त्यसैले यो रकम जुटाउन हामीले चारैतर्फ हात फैलाएका छौँ’, सहयोग समितिका संयोजक दिनेश खत्रीले भने, ‘जति सकिन्छ, सहयोग गर्नुहोला ।’

सहयोगका लागि तलको खाता नम्बर प्रयोग गर्नुहोला

Account Name: MONA Australia
BSB: 062112
Account Number: 10214090
गोफण्डमी डटकमको लिक
(Visited 219 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services