सिड्नीमा पाँचौ थारु माघी महोत्सब, गायिका अनुले प्रस्तुती दिने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा थारु माघी महोत्सब हुने भएको छ । सन् २०१८ मा स्थापना भएको थारु सोसाइटी सिड्नी अस्ट्रेलियाको आयोजनामा माघे संक्रान्ति पर्वको विशेष अवसरमा जनवरी १४ मा महोत्सब हुन लागेको हो ।

माघी महोत्सबमा नेपालको सर्वाधिक चर्चित गायिका अनु चौधरीले आफ्नो साँगेतिक प्रस्तुती दिने तय भएको आयोजकले जनाएको छ । अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा कायम गर्दै थारु कला संस्कृतिको जगेर्ना एबम चाड पर्बहरु मनाउदै आइरहेको थारु सोसाइटीले बिगतका चार वटा माघी पर्बको निरन्तरता सहित यस बर्षको पनि भव्य रुपमा मनाउन लागेको सोसाइटीका तर्फबाट पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकार दिए ।

‘नेपालमा ख्यातीप्राप्त गायिका अनुको उपस्थितिले कार्यक्रम थप भव्य हुनेछ’ उनले भने, ‘सबैलाई निम्ता गरिसकेका छौँ ।’ सिड्नीमा रहेका थारु समुदायले माघे संक्रान्तिकै दिन माघी महोत्सब मनाउदै आएका छन् । सॉझ ५ बजे देखि रात १० वजे सम्म ईन्द्रेणी फंक्सन सेन्टर रकडेलमा कार्यक्रम हुनेछ । महोत्सबमा सुमधुर स्वरकी धनी अनुको साँगेतिक प्रस्तुती संगै थारु रितिरिवाज अनुसार लाठी नाच, झुमरा नाच, आदी नृत्य, थारू परिकार र खानपिनको व्यवस्था गरिएको सोसाइटीका अध्यक्ष दीप नारायण चौधरीले जानकारी दिए । ‘यसले हाम्रो कला, संस्कृतिलाई जीवन्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’ उनले भने ।

(Visited 92 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services