म्याग्दी जलजला परिवार अस्ट्रेलियाले मनायो नयाँबर्ष
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले नयाँ बर्ष सन् २०२५ अवसरमा शनिबार सिड्नीमा शुभकामना आदानप्रदान तथा बाविक्यू कार्यक्रम सम्पन्न गरेको छ । एक आपसमा परस्पर भाइचाराको भावना विकासँगै नयाँ बर्षको शुभकामना साटासाट गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मनोरञ्जनात्मक खेलकुदसँगै धौलागिरि नौमति बाजा समूहले आफ्नो प्रस्तुती दिएका थिए ।

सिड्नीको स्टाथफिल्ड पार्कमा बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जलजजा परिवारको बार्षिक स्पोन्सर स्टुडेन्ट भाइब्सका प्रबन्ध निर्देशक बद्री बरुवाल, नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, स्पाइकर सरस्वति चौधरी, पुरुष राष्ट्रिय खेलाडीहरु पुर्वकप्तान मानबहादुर श्रेष्ठ, दिल सुनार, टेकराज अवस्थी लगायतको उपस्थिति थियो ।

जलजला परिवारका अध्यक्ष दिपेन्द्र भण्डारीले संस्थाले स्थापनाकाल देखि विभिन्न किसिमका सामाजिक कार्यक्रमहरु गर्दै आएको बताए ।‘सोही कार्यक्रमलाई निरन्तरता दिन र शुभकामना आदानप्रदान गर्न यो कार्यक्रमको आयोजना गरेका थियौँ’, उनले भने, ‘सबैको उपस्थितिले कार्यक्रम भव्य भएको छ ।’ सो अवसरमा आयोजित छेलो फाल्ने प्रतियोगितामा पुरुष तर्फ दिल सुनार र महिला तर्फ अरुणा शाही विजयी भएका थिए भने लठो तान्ने प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा लोक गायक पदम विश्वकर्मा सहित दिल सुनार र धौलागिरि नौमति बाजा समूहले भरपुरप मनोरञ्जन प्रदान गरेका थिए । रोजगार र अध्ययनको सिलसिलमा अस्ट्रेलियामा रहेका पश्चिम म्याग्दीबासीले स्थापना गरेको जलजला परिवारले एकहप्ताअघि सिड्नीमा एकदिवसीय पुरुष तथा महिला भलिबल च्याम्पियनशीप पनि आयोजना गरेको थियो ।

(Visited 106 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services