सिड्नी । अस्ट्रेलियाको तथ्यांक विभागले हरेक राज्यमा सबैभन्दा धेरै नेपाली वशोवाश रहेको सबब सार्वजनिक गरेको छ । सन् २०२१ म सम्पन्न जनगणनाको तथ्यांक अनुसार, न्यू साउथ बेल्सको हस्टभिलमा सबैभन्दा धेरै नेपालीको वशोवाश रहेको छ । जहाँ १५.८ प्रतिशत नेपाली रहेको जनाईएको छ ।
हस्टभिल्लले नेपालीहरुको बाक्लो वाशोवाश रहेको अर्बन, रकडेल जस्ता सबबहरुलाई पछि पारेको छ । पछिल्लो दुईबर्षमा न्यू साउथ बेल्समा नेपालीहरुको जनसँख्यामा व्यापक बृद्धि भएको अनुमान गरिएको छ । तथ्यांक अनुसार, कुइनस्ल्याण्डको मन्डुबेरामा ९.७ प्रतिशत, भिक्टोरियाको गिलिनरोइमा ७.६ प्रतिशत, तास्मनियाको गिलिनरोच ७.४ प्रतिशत, एसिटीको फिलिपमा ६.३ प्रतिशत नेपालहरुको जनसँख्या रहेको उल्लेख छ ।
त्यस्तै, वेस्र्टन अस्ट्रेलियाको गिलिनडुलकमा ३.३ प्रतिशत, नर्दन टेरोटरीको लाराकियामा ८.५ प्रतिशत र साउथ अस्ट्रेलियाको करल्टा पार्कमा ७.५ प्रतिशत नेपालीको जनसँख्या रहेको छ । सरकारी तथ्यांक अनुसार, १ लाख ५१ हजार नेपाली अस्ट्रेलियामा रहेको जनाईएपनि जनगणनाका क्रममा ठुलो हिस्सा जनसँख्या छुटेको र पछिल्लो चरणमा थपिएका विद्यार्थीहरु गरि २ लाख भन्दा बढी रहेको अनुमान गरिएको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services