सिड्नीमा ट्रेन सञ्चालन अस्तव्यस्त बन्दा यात्रुहरुलाई शास्ती
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 day ago

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा ट्रेन सेवा प्रभावित हुँदा लाखौँ यात्रुहरुको दैनिकी अस्तव्यस्त बनेको छ । ३२ प्रतिशत तलबबृद्धि र २४ सै घण्टा ट्रेन सञ्चालन गरिनुपर्ने माग राख्दै आएको कर्मचारी युनियन र त्यसलाई अस्वीकार गर्दै आएको राज्य सरकार बीचको केहि समयदेखिको बिवाद अदालत पुगेको थियो ।

तर, संघीय अदालतले कर्मचारीको पक्षमा फैसला गर्दै आन्दोलन गर्न पाउने बाटो खोलिदिएपछि, शुक्रबारदेखि ट्रेन सेवा प्रभावित बनेको छ । एकै दिन ५५ भन्दा बढी रुटमा चल्ने ट्रेनहरु प्रभावित हुँदा लाखौँ यात्रुहरु समस्यामा परेका छन् । क्रिसमस र नयाँ बर्षको समयमा २४ घण्टा रेल सेवा बन्द गर्ने कर्मचारी युनियनको तयारी रहेको छ । ट्रेन सेवा प्रभावित हुँदा नयाँ बर्षको दिन हार्बर ब्रिजमा हुने फायर वक्स कार्यक्रम स्थगित गर्न सरकार माथि दबाब बढेको छ ।

दुई लाख भन्दा बढी मानिस उपस्थित हुने उक्त कार्यक्रम स्थगित हुँदा अर्वौ डलर घाटा हुने सरकारी बुझाई रहेको छ । राज्य सरकारकी यातायात मन्त्री जो हेलियनले सरकारले बैकल्पिक व्यवस्थाको सक्दो प्रयास गरिने भन्दै समयतालिका हेरेर मात्र यात्रा गर्न आग्रह गरेकी छन् ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services