सिड्नी । यदि तपाँई सिड्नी र मेलर्बनमा कोठा खोज्दै हुनुहुन्छ भने तपाँईका लागि खुशी खबर रहेको छ । यी दुई शहरमा सन् २०२१ पछि पहिलो पटक कोठा भाडाको मुल्य घट्न थालेको देखिएको छ ।
घरजग्गा र कोठा भाडा सम्बन्धि जानकारी दिने कोर लजिकले सार्वजनिक गरेको नोभेम्बर महिनाको रिर्पोटमा सिड्नी र मेलर्बनको समग्र मुल्य ०.२ प्रतिशतले घटेको देखाउँदै सन् २०२५ मा अझ घट्न सक्ने जनाएको छ । अक्टोबर महिनामा यी दुई शहरमा मुल्य स्थिर रहेको थियो । अहिले वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थ सबैभन्दा महँगो शहर बनेको छ, जहाँ कोठा भाडा प्रतिहप्ता औषत ६ सय २९ डलर रहेको छ ।
आन्तरिक तथा बाह्य कारणले सिड्नीमा पछिल्लो महिनाहरुमा कोठा भाडाको हाहाकार केहि सहज हुन थालेको छ । ‘सन् २०२५ मा कोठा पाउन केहि सहज हुनेछ भने अस्वभाविक मुल्यबृद्धि पनि हुनेछैन्’ रिर्पोटमा उल्लेख गरिएको छ । सिड्नीको अर्बन, रक्डेल, स्टाटफिल्ड, बरुड, क्याम्सी, एसफिल्ड लगायतका सबबमा नेपाली समुदायको वाक्लो वशोवाश रहेको छ । यी सबबहरुमा अहिले पनि साप्ताहिक प्रति युनिट ६ सय १० डलर भाडा कायम रहेको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services