सिड्नी । ७० हजार भन्दा बढी दक्ष जनशक्ति आपुर्ति गर्ने उद्देश्य सहित अस्ट्रेलियाले नयाँ भिसा जारी गरेको छ । सरकारले बुधबार विभिन्न ४ सय ५६ पेशाको ‘कोर स्किलस् अकुपेशन लिष्ट’ सार्वजनिक गर्दै स्किलस् इन डिमान्ड भिसा जारी गर्ने घोषणा गरेको हो ।
लिष्ट परेका पेशामा रहेका दक्ष कामदारले डिसेम्बर ७ बाट आवेदन दिन सक्ने डिर्पाटमेन्ट अफ होम अफियर्सको वेभसाइटमा उल्लेख गरिएको छ । नयाँ भिसाले यसअघि दिदै आएको टेम्पोररी स्किलस् र्सटेज सबक्लास ४८२ लाई विस्थापित गर्नेछ भने सबक्लास १८६ का लागि पनि योग्य हुनेछ । महत्वपूर्ण चासोको रुपमा रहेको सेफ तथा कुकहरु पनि उक्त लिष्टमा अटाएका छन् भने रेष्टुरेष्ट म्यानेजर लगायत केहि चर्चित पेशाहरु भने हटाईएको छ ।
लिष्टमा सबैभन्दा बढी निर्माण क्षेत्रका पेशाहरु अटाएका छन्, जसमा प्रोजेक्ट म्यानेजर देखि ब्रिकलायर र कारप्रेन्टर सम्म समावेश रहेका छन् । अहिले जारी गरिएको नयाँ भिसा र पेशाहरुको सुचीले अस्ट्रेलियाले झेल्दै आएको दक्ष जनशक्तिको अभाब केहि हदसम्म पुर्ति गर्ने सीप तथा तालिम मन्त्री एन्ड्रयू गिल्सले बताएका छन् ।
© 2023. All rights reserved. Designed By: HK Web Services