सिड्नीमा हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 weeks ago

सिड्नी अस्ट्रेलियाको मूख्य शहर सिड्नीमा नोभेम्बर २३ मा हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । फेस्टिभलका लागि मञ्च र स्टल व्यवस्थापनदेखि नेपाल परेड, कलाकारहरुको टुगो र साँस्कृतिक झलकहरुको तयारी अन्तिम चरणमा पुगेको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र न्यू साउथ बेल्स राज्य समितिको आयोजनामा हुने फेस्टिभलमा पहिलो पटक न्यू साउथ बेल्सका प्रिमियर (मुख्यमन्त्री) क्रिस मिन्स प्रमुख अतिथिका रुपमा सहभागि हुदैछन् ।

नेपाल फेस्टिभलमा पहिलो पटक अस्ट्रेलियाको ‘हाइ प्रोफाइल’ नेताको सहभागिता हुने भएपछि आयोजकसँगै नेपाली समुदाय थप उत्साहित भएका छन् ।  महोत्सवमा प्रिमियरका साथै अस्ट्रेलियाका उच्च राजनीतिक नेता तथा सांसदहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ । हरेक दुई वर्षमा आयोजना हुदै आएको फेस्टिभल यसबर्ष सिड्नीको पर्यटकीय स्थल डार्लिङ्ग हार्बरस्थित टुम्बालोङ्ग पार्कमा हुने एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ बेल्सका संयोजक बिनोद कुवंरले जानकारी दिए ।

‘सम्पूर्ण तयारी अन्तिम–अन्तिम चरणमा पुगेको छ’, फेस्टिभलको संयोजक समेत रहेका कुवंरले भने ‘ महोत्सबमा नेपाली परिकारसँगै नेपाल झल्किने नेपाल हाउसको स्थापना र हस्तकलाका उत्पादनहरु पनि त्यहाँ हुनेछन ।’ फेस्टिभलले नेपाली कला, संस्कृति र परम्पराको प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिईएको छ । कार्यक्रम सुरु हुनुपूर्व, सिड्नीमा रहेका नेपाली समुदायले आफ्नो जातीय पोशाक सहित नेपाल परेडको आयोजना गरिएको छ । फेस्टिभलमा स्थापना हुने नेपाल हाउसमा, नेपालको फोटो प्रर्दशनीसँगै धरहरा, ढुङ्गेधारा, पशुपतिनाथ, बौद्ध स्तुपा लगायतका प्रतिमाको स्थापना हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाली ब्याण्ड द एक्स, गायक हेमन्त शर्मा र गायिका आस्था राउतका साथै सिड्नीका स्थानीय नेपाली कलाकारले आफ्नो सांगितिक प्रस्तुती दिनेछन् ।एनआरएनए अस्ट्रेलियाले हरेक शहरमा राज्य समितिको आयोजनामा नेपाल फेस्टिभल आयोजना गर्दै आएको छ । सिड्नीभन्दा अघि पर्थमा फेस्टिभल सम्पन्न भइसकेको छ । सिड्नीपछि मेलर्बन, ब्रिसबेन, एडिलेड लगायतका शहरहरुमा क्रमशः आयोजना हुने एनआरएनएले जनाएको छ ।  एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपाल फेस्टिभलले हरेक राज्यमा विदेशी समुदायलाई नेपालीबारे चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

(Visited 52 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services