नेपाली सोसाइटी नर्दन तास्मानियाको अध्यक्षमा सन्देश
प्रकाशित मितिः2 years ago

तास्मनिया । तास्मनियामा रहेको नेपाली समुदायहरुको संस्था नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको अध्यक्षमा सन्देश श्रेष्ठ चुनिएका छन् । तास्मानियाको लञ्चेस्टनमा आयोजित सोसाइटीको चौथो बार्षिक साधारणसभा मार्फत श्रेष्ठ सर्वसम्मतले आगामी कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् । साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति पनि चयन गरेको छ ।

सोसाइटीको उपाध्यक्षमा प्रयास कार्की, कोषाध्यक्षमा माधव घिमिरे, पब्लिक रिलेसन अफिसरमा सरोज खनाल र सदस्यहरुमा युवराज न्यौपाने, विष्णु सुवेदी, पुरुषोत्तम रिमाल, कविता सिवाकोटी, दिवश पन्त, उज्ज्वल खड्का, विवेक खनाल र रुपेश पराजुली छन् । सिचिव र उपसचिव भने सोसाइटीको पहिलो वैठकले पूर्ति गर्ने जनाएको छ ।

(Visited 27 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services