एडिलेडमा सडक दुर्घटनामा गम्भिर घाइते निराजनलाई बचाउन अभियान
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । अस्ट्रेलियाको एडिलेडमा सडक दुर्घटना परि नेपाली आमा र छोरीको ज्यान गएको छ । दुर्घटनामा परि छोरा पनि गम्भिर घाइते भएका छन् ।

गत सोमबार एडिलेडको वाटल फ्लटस्थित मेन साउथ रोडमा ट्रक र कार ठोक्किँदा कार सवार आमा छोरीको ज्यान गएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा गम्भिर घाइते भएका छोरा निराजन श्रेष्ठको अहिले आइसियू उपचार भइरहेको छ । ट्रक र कार ठोकिएपछि थप अर्को कार समेत ठोकिन पुग्दा दुर्घटना भयानक बनेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा तीनै सवारी साधनका ७ जना घाइते भएका थिए ।

ती सबैको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको, सरकारी सञ्चारमाध्यम एबिसीले जनाएको छ । प्रहरीले ट्रक ड्राईभरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि गरिरहेको बताएको छ । निराजनको परिवारमा अल्कपनीय दुर्घटना आइपरेपछि उनको स्वास्थ्योपचर सहित मृत आमाछोरीको शब नेपाली फिर्तीका लागि उनका आफन्तजन, समाजका अगुवा तथा सामाजिक संघसंस्थाहरुले गोडफण्ड मि डटकम मार्फत आर्थिक संकलन अभियान सञ्चालन सुरु गरेका छन् । कम्तिमा ७५ हजार अस्ट्रेलियन डलर संकलन गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानको छोटो अवधिमै ४५ हजार भन्दा बढी रकम संकलन भइसकेको छ ।

(Visited 163 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services