नेपालमा सूचीकृत भयो टिकटक
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

काठमाडौँ । प्रख्यात सामाजिक सञ्जाल प्लाटफर्म टिकटक अन्ततः नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको छ । योसँगै कम्पनीले नेपालमा आफ्नो मुख्य सम्पर्क व्यक्तिसमेत तोकेको छ । टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको पत्र मंगलबार बुझेको थियो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, ०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुन कम्पनीले कात्तिक पहिलो साता प्रक्रिया अघि बढाएको थियो ।

यो साता सूचीकृत भएको पत्र बुझेसँगै कम्पनीले उक्त निर्देशिकाका व्यवस्था र मन्त्रिपरिषद्को भदौ ६ को बैठकले सुनिश्चित गर्न भनेका कार्यहरू पालना गर्ने प्रतिबद्धता जाहेर गरेको छ । नेपालको कर प्रणालीमा भने टिकटक ०७९ सालमै दर्ता भएर भ्याटसमेत बुझाएको ठूला करदाता कार्यालयले जनाएको छ । सञ्चार मन्त्रालयमा सूचीकृत हुने टिकटक तेस्रो सामाजिक सञ्जाल कम्पनी बनेको छ । यसअघि भाइबर र वी टक सूचीकृत भइसकेका थिए । सरकारले अन्य प्रमुख सामाजिक सञ्जाल कम्पनीहरूलाई पनि सूचीकरण प्रक्रियामा आउन ताकेता गरिरहेको छ ।

‘अब हाम्रो भूगोलभित्र टिकटकलाई नेपाल सकारको कानुन लागू हुन्छ,’ सञ्चार मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्र कुमार ठाकुरले भने, ‘नेपालको कानुनवितरीतका कन्टेन्ट टिकटकमा आए नेपाल प्रहरीको साइबर ब्युरोले कारबाही अगाडि बढाउन सक्छ । यसमा टिकटकले सघाउनेछ । अपराध अनुसन्धानका लागि टिकटकले प्रहरीलाई उपकरणसमेत उपलब्ध गराएको छ ।’

कम्पनीले डिजिटल साक्षरता र नेपालको पर्यटन प्रवर्द्धनमा काम गर्ने प्रतिबद्धता जनाएको ठाकुरले जनाए । टिकटकले सूचीकरणका लागि दिइएको निवेदन पत्रमा नेपालका लागि कम्पनीका मुख्य सम्पर्क व्यक्ति रामबहादुर थापा उल्लेख गरिएको छ । ‘उहाँ को हुनुहुन्छ भन्नेबारे धेरै जानकारी हामीलाई प्राप्त भइसकेको छैन । तर कम्पनीले उहाँको ठेगाना, फोन नम्बरलगायत सबै विवरण निवेदनपत्रमा स्पष्ट खुलाएको छ,’ ठाकुरले भने ।

मन्त्रालयले मेटाका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मार्क जकरबर्ग र एक्सका सीईओ इलन मस्कलाई पनि नेपालमा उल्लेख्य प्रयोग हुने फेसबुक, इन्स्टाग्राम, ह्वाट्एसप, एक्स ९ट्विटर० जस्ता आ–आफ्ना प्लाटफर्म सूचीकरणका लागि अनुरोध गर्दै पत्र पठाएको ठाकुरले बताए । ‘अहिलेसम्म उहाँहरूबाट कुनै जवाफ त आएको छैन । तर यतिका ठूला कम्पनीले नेपाल सरकारलाई जवाफ पठाउँछन् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘जवाफ नआए हामी पुनः ताकेता गर्छौं । ढिलोचाँडो सूचीकृत हुनैपर्छ ।’

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services