छन्त्याल परिवार अस्ट्रेलियाको अध्यक्षमा बुद्धिमान छन्त्याल निर्वाचित
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)को अध्यक्षमा बुद्धिमान छन्त्याल निर्वाचित भएका छन् । शनिबार क्यान्टबरीस्थित जनजाति हलमा सम्पन्न बार्षिक साधारणसभा एवम् अधिवेशनबाट बुद्धिमान दोश्रो कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् ।

सिपिएको उपाध्यक्षमा धनबहादुर घरब्जा छन्त्याल र धन बहादुर खड्का छन्त्याल, महिला उपाध्यक्षमा जगमायाँ छन्त्याल (जेनिशा), महासचिबमा कुमार छन्त्याल, सचिबमा कृष्ण छन्त्याल, कोषाध्यक्षमा किरण छन्त्याल, सहकोषाध्यक्षमा गोपाल छन्त्याल, खेलकुद संयोजकमा भविन छन्त्याल र सञ्चार संयोजक गोपाल छन्त्याल चयन भएका छन् । त्यस्तै, गेलिना छन्त्यालको संयोजकत्वमा कल्पना छन्त्याल, समिन छन्त्याल, निरु छन्त्याल र अनिशा छन्त्याल सदस्य रहेको साँस्कृतिक (कल्चरल) समिति गठन गरिएको छ ।सदस्यहरुमा विशाल छन्त्याल, सोमन छन्त्याल, नरप्रसाद छन्त्याल, राजकुमार छन्त्याल, गणेश छन्त्याल, दिल छन्त्याल, गमु छन्त्याल र नविन छन्त्याल निर्वाचित भएका छन् ।

अधिवेशनले पदम छन्त्याल, ठाकुर छन्त्याल, भीम छन्त्याल, शेरसिंङ छन्त्याल, चन्द्र छन्त्याल, भक्त छन्त्याल र प्रकाश छन्त्याल रहेको सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । नवनिर्वाचित अध्यक्ष बुद्धिमान छन्त्यालले सिपिएलाई थप संस्थागत विकाससँगै कला, संस्कृतिको जर्गेना, खेलकुद र सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही अवसरमा तिहारको स्वागतार्थ देउसीभैलो कार्यक्रम पनि आयोजना गरिएको थियो । देउसीबाट संकलित रकम खेलकुद र सामाजिक क्षेत्रमा खर्च गरिने सिपिएले जनाएको छ । सन् २०११ देखि अस्ट्रेलियामा बस्ने छन्त्याल समुदायले स्थापना गरेको सिपिएले खेलकुदतर्फ भलिबल प्रतियोगितासँगै माघेसंक्रान्ति पर्व र नेपालमा दैवीप्रकोप, शिक्षा र अन्य सामाजिक क्षेत्रका सहयोग गर्दै आएको छ ।

(Visited 98 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services