अस्ट्रेलियामाथि नेपालको शानदार जित
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

काठमाडौं । ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अहिले अस्ट्रेलियालाई पराजित गरेको छ । एक खेलअघि नै दोस्रो चरण प्रवेश गरेको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । त्यसअघि शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १११ रन बनाएको थियो ।नेपालका लागि कप्तान सन्दीप जोराले ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै लोकेश बमले ३३ रन बनाए । विवेक यादव र रसिद खानले समान १२(१२ रन बनाउँदा नारायण जोशीले १ रन बनाए ।बलिङतर्फ नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए । यस्तै, लोकेश बम र विवेक यादवले १(१ विकेट लिए ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services