म्याग्दी जलजला परिवार अस्ट्रेलियाको अध्यक्षमा दिपेन्द्र भण्डारी निर्वाचित
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः5 hours ago

सिड्नी । म्याग्दी जलजला परिवार अस्ट्रेलियाको अध्यक्षमा दिपेन्द्र भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको हालै सिड्नीमा सम्पन्न अधिवेशनबाट दिपेन्द्रको अध्यक्षतामा सन् २०२४–२६ का लागि नयाँ कार्य समिति चयन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रकाश थापा, उपाध्यक्षमा गंगा फगामी,महासचिवमा रिम भण्डारी, सचिवमा किशन पुन, उपसचिवमा नबिन छन्त्याल, कोषाध्यक्षमा उमेश पुन, उप–कोषाध्यक्षमा बिज्ञान जुग्जाली रहेका छन् । त्यस्तै, इभेन्ट संयोजकहरुमा कमल केसी, फुलु पुन, धन छन्त्याल, पुनम चन्द, रबिन थापा, बिकल थापा र सुरज भण्डारी रहेका छन् । स्पोट्स संयोजकहरुमा जुली फगामी र प्रताप जङ्ग थापा तथा सामाजिक मिडिया संयोजकहरूमा नबिन भण्डारी र न्युटन थापा रहेका छन् ।

अधिवेशनले निर गर्बुजालाई खेल सल्लाहकार, मोहन पुनलाई भलिबल टिम म्यानेजर र इम प्रसाद रोकालाई भलिबल टिम प्रशिक्षकको जिम्मेवारी दिईएको छ । अधिवेशन मार्फत राजकुमार भण्डारी, दिपक भण्डारी, मुक्ती सुवेदी, साजन भण्डारी र बोट छन्त्याल रहेको कार्यकारी बोर्ड सल्लाहकारहरू पनि गठन गरिएको छ । रोजगार र अध्ययनको सिलसिलमा अस्ट्रेलियामा रहेका पश्चिम म्याग्दीबासीले सन् २०१२ मा स्थापना गरेको म्याग्दी जलजला परिवारले अस्ट्रेलियामा विभिन्न खेलकुद प्रतियोगिताका साथै नेपालमा दैवी प्रकोप लगायत सामाजिक कार्यमा सहभागिता जनाउदै आएको छ ।

(Visited 12 times, 12 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services