अस्ट्रेलिया–नेपाल सिधा हवाई उडान गफमा मात्रै सीमित
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 days ago

सिड्नी । नेपालीहरुको महानपर्व दशैंदेखि अस्ट्रेलिया–नेपाल सिधा हवाई सेवा हुने बताईएपनि त्यो गफमा मात्रै सीमित भएको छ । दुईदेशबीच उडान सम्झौता भएको लामो समय भएपनि सेवा सुचारु हुन नसकेको सन्र्दभमा नेपाल एयरलाइन्सले दशैदेखि सिड्नी–कामठाडौँ सेवा सुचारु गर्ने दाबी गरिएको थियो ।

एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ्ग निर्देशक टेकनिधि दाहाल, अपरेसन निर्देशक दीपुराज जुहार्चन र बोर्ड सदस्य किशोर प्रधान सहितको टोलीले दुई महिनाअघि अष्ट्रेलियाका उडान अधिकारीहरुसँग छलफल गरेका थिए । उक्त टोलीले दसैबाट सिड्नीदेखि काठमाडौँ सीधा हवाई उडान सुरु हुने दाबी गरेका थिए । अस्ट्रेलियाको उड्डयन प्राधिकरण तथा पुर्वाधार बिभागको अनुरोधमा अस्ट्रेलिया आएको नेपाली टोलीले ‘टेक्निकल एसेसमेन्ट’ को बिषयमा वार्ता गरेका थिए । नेपाली पक्षबाट सोचे अनुसारको प्रगति नहुदा उडानमा ढिलाई भएको बताईएको छ ।

सीधा हवाइ उडान नहुँदा दसै मनाउन नेपाल जाने र नेपालबाट अस्ट्रेलिया आउने यात्रुहरु विभिन्न एयरलाइन्सबाट मलेसिया, हङकङ, सिँगापुर, चीन लगायतका देशलाई ट्राञ्जिट बनाएर यात्रा गर्न बाध्य भइरहेका छन् । नेपाल एयरलाइन्सले सिड्नी विमानस्थलबाट साताको दुईवटा उडान भर्ने अनुमति प्राप्त गरिसकेको छ ।सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई उडान गर्ने बिषयमा सहमति भएको थियो ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services