अस्ट्रेलियाका राजनीतिक दलका नेता देखि मुख्यमन्त्रीले दिए दसैंको शुभकामना
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपालीहरुको महानपर्व दसैको माहोलले यतिबेला नेपाल मात्र होइन् नेपालीहरु रहेको विश्वका विभिन्न मुलुकमा चहलपहल बढेको छ । उच्च शिक्षा अध्ययन र रोजगारीको उत्कृष्ट गन्तव्य बनेको अस्ट्रेलियामा रहेको नेपाली समुदायले पनि धुमधामसँगै दसैं मनाउने तयारी गरिरहेका छन् ।

कलेज, पढाई र कामको व्यवस्थापन गरेर दसै मनाउने तयारी भइरहँदा नेपाली समुदायलाई अस्ट्रेलिया राजनीतिक दलका नेता, मुख्यमन्त्री देखि विभिन्न ओहदामा रहेका अधिकारीहरुले धमाधम शुभकामना सन्देश पठाउन थालेका छन् । सामाजिक, आर्थिक र राजनीतिक हिसाबले पनि नेपाली समुदायको बढ्दो सहभागिता र भुमिकाका कारण नेपाली कला, संस्कृति र परम्परा प्रति उनीहरुको चासो र ऐक्बद्धता बलियो बन्दै गएको छ ।

नेपालीहरुको सबैभन्दा धेरै वशोवाश रहेको न्यू साउथ बेल्स राज्यका प्रिमियर अर्थात मुख्यमन्त्रीले एक भिडियो सन्देश मार्फत अस्ट्रेलियामा नेपाली समुदायले मनाउने दसैं पर्वले साँस्कृतिक एकता ल्याउने बताएका छन् ।त्यस्तै, साउथ अस्ट्रेलियाका मुख्यमन्त्रीले झन् एडिलेडमा रहेका अधिकाँश नेपाली संघसंस्थालाई संस्थागत रुपमै शुभकामना सन्देश पठाएका छन् । भिक्टोरिया, वेस्र्टन अस्ट्रेलिया लगायत अधिकाँश राज्यमा पनि स्थानीय नेताहरुले नेपाली समुदायलाई शुभकामना पठाउन थालेका छन् ।

(Visited 34 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services