तेस्रो दसैं कप फुटलबको उपाधि एनएफसीटीलाई
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 week ago

सिड्नी । अस्ट्रेलियाको तास्मनियामा सम्पन्न तेस्रो दसै कप फुटबलको उपाधि आयोजक नेप्लिज फुटबल क्लब अफ तास्मनिया (एनएफसीटी)ले जितेको छ । ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा अस्ट्रेलियन भुटनीज सोसाइटी अफ नर्दन तास्मनिया (एबिएसएनटी वाइसी) लाई १–० गोलअन्तरले पराजित गर्दै एनएफसीटी च्याम्पियन बनेको हो ।

एनएफसीटीलाई च्याम्पिय बनाउन रेगन शेरचनले निर्णायक गोल गरे । रेगन नै फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । एनएफसीटिले सेमीफाइनलमा मार्फा र एबिएसएनटी वाइसीले दाजुभाइ फुटबल क्लबलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए । उपाधिकसँगै एनएफसीटीले नगद २५ सय अस्ट्रेलियन डलरका साथमा ट्रफी र मेडल हात पारेको छ भने उपविजेता बनेको एबिएसएनटी वाइसीले नगद एक हजार डलरका साथ ट्रफी र मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने एनएफसीटीका विशाल गुरुङ प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुदै नगद २ सय डलर र ट्रफी हात पारे । प्रतियोगितामा एबिएसएनटी वाइसी फेयर प्ले टोली बन्दा अर्पण राइले उत्कृष्ट मिल्डफिल्डर सर्वाधिक गोलकर्ताको उपाधि जितेका थिए । त्यस्तै, एनएफसीटीका केविन श्रेष्ठ उत्कृष्ट डिफेन्डर र बिमल अधिकारी उत्कृष्ट गोलकिपर चुनिए ।

एनएफसीटीका पब्लिक रिलेशन अफिसर हरि गोतामेले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण क्लब, खेलाडी र प्रायोजकहरुलाई धन्यबाद दिएका छन् । प्रतियोगितालाई केबिए ग्लोबल एजुकेशन एण्ड माइग्रेशनले मुख्य प्रायोजन गरेको थियो ।

(Visited 52 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services