यसकारण नेपालमा भन्दा अष्ट्रेलियामा दशैं एक दिन ढिलो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

काठमाडौं । अष्ट्रेलियामा दशैंको टीका नेपालमाभन्दा एकदिन पछि परेको छ । नेपालमा यही असोज २६ गते (१२ अक्टुबर) दशैंको टीका परेको छ भने अष्ट्रेलियामा २७ गते (१३ अक्टुबर) मा टीका रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्यसचिव आचार्य लक्ष्मण पन्थीले अनलाइनखबरसँग भने, ‘अष्ट्रेलियामा विजया दशमी पर्वको दशमी तिथि उदयकालीन असोज २७ गते भएकाले २७ गते नै टीकाजमरा ग्रहण गर्नुपर्छ ।’दशैंमात्र नभई तिहारको लक्ष्मी पूजा पनि नेपालमा भन्दा अष्ट्रेलियामा एक दिन पछि रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ । नेपालमा लक्ष्मीपूजा कात्तिक १५ गते अर्थात् अक्टुबर ३१ तारिकमा छ भने अष्ट्रेलियामा कात्तिक १६ गते अर्थात् नोभेम्बर १ तारिकमा छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अमेरिका, अष्ट्रेलिया लगायत देशका पञ्चाङ्ग ९पात्रो० र दशैंको टीकाको साइत सार्वजनिक गर्दै आएको छ । यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक हुन भने बाँकी छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य समेत रहेका आचार्यका अनुसार कुन देशमा दशैंको टीकाको साइत कति बजे पर्छ भनेर शुक्रबार सार्वजनिक गरिने छ ।पन्थीका अनुसार अष्ट्रेलियाको राजधानी क्यानबेरा, मेलबर्न, सिड्नी, एडिलेड, पर्थ, तास्मानिया सहित अमेरिका, भारत लगायतका विभिन्न शहरका लागि पनि छुट्टाछुट्टै साइत सार्वजनिक हुनेछ ।

(Visited 29 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services