तेस्रो संस्करणको एनपिएलको उपाधि रे प्रपर्टीज गोक्यो हिरोजलाई
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 weeks ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सम्पन्न तेस्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल) को उपाधि रे प्रपर्टीज् गोक्यो हिरोज जितेको छ । लगातार दोश्रो पटक च्याम्पियन बन्ने क्रममा हिरोजले फाइनलमा पिरना से–फोक्सुण्डो स्टाइर्कस्लाई ५ विकेटले पराजित गरेको हो ।

टस जितेर व्याटिङ रोजेको पिरनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन जोड्न सकेको थियो । पिरनाका लागि अनुरोध तिवारीले सर्वाधिक ३४ रनको योगदान दिँदा कप्तान किर्तन ताम्राकारले १२ बलमा ३१ रनको विस्फोटक इनिङ खेले । किर्तन आउट भएपछि पिरनाको रन गति निकै सुस्त बनेको थियो । पिरनालाई मध्यम लक्ष्यमा रोक्न रे प्रपर्टीजका कप्तान क्षितिज बस्नेतले किफायति बलिङ गदै ४ ओभरमा २१ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । त्यस्तै, प्रशान्त बिस्ट, शिशिर थापा र आदित्य महताले समान २/२ विकेट लिए ।

१ सय ४४ रनको मध्यम विजय लक्ष्य पछ्याएको रे पप्रर्टीजले १६.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । रे पप्रर्टीजलाई च्याम्पियन बनाउन आदित्य महताले जिम्मेवारपूर्ण इनिङ खेल्दै २९ बलमा नटआउट ३५ रन जोडे । त्यस्तै, प्रशान्त विस्टले १७, शिशिर थापाले २३, अनुराग खेरवारले २२ तथा याशले २५ रनको योगदान दिए । अगस्ट ३ बाट सुरु भएको एनपिएलमा चार वटा फ्रेन्चाइज टोलीले डबल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताभर १ सय ७८ रन जोड्नुका साथै १३ विकेट लिएका पिरनाका पियुस गौतमले म्यान अफ दि टुर्नामेन्टको उपाधि जिते ।

त्यस्तै, २ सय १० जोडेका पिरनाकै कप्तान किर्तन ताम्राकार उत्कृष्ट व्याटर चुनिँदा १५ विकेट लिएका रे प्रपर्टीजका कप्तान क्षितिज बस्नेत उत्कृष्ट बलर चुनिएका थिए । प्रतियोगितामा विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल सहित नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर एवम् प्रतियोगिताका ब्राण्ड एम्बेस्डर अभिनाश बोहाराले ट्रफी र मेडल प्रदान गरेका थिए ।नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजना तथा फिस्टेल होम्सको मुख्य प्रायोजनमा तीन बर्षदेखि निरन्तर एनपिएल आयोजना हुदै आएको छ । यस संस्करणमा रे प्रपर्टीज र पिरनाका अतिरिक्त भाइब्रेन्ट बेगनास स्टार र तिलिचो टाइटन्स्ले प्रतिस्पर्धा गरेका थिए । एनसीएएका अध्यक्ष करण श्रेष्ठले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैमा धन्यबाद दिएका छन् ।

(Visited 26 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services