ग्लोबल यूथ नेटवर्क गठन, अध्यक्षमा अस्ट्रेलियाका मनदराज पौडेल चयन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाका मदनराज पौडेलको अध्यक्षतामा जय नेपाल इन्टरनेशनल फाउनडेशन ग्लोबल यूथ नेटवर्क गठन भएको छ । जय नेपाल इन्टरनेशनल फाउनडेशनले शनिबार वेबिनार मार्फत ग्लोबल युथ नेटवर्कको घोषणा गरेको हो । नेपाल र विदेशमा रहेका युवाहरूलाई एक ठाउँमा ल्याएर युवाहरुलाई नेपालको विकासमा जोड्ने उद्देश्यले नेटवर्कको स्थापना भएको बताईएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल प्रमुख आतिथ्यतामा गठित युथ नेटर्वकको महासचिवमा अमेरिकाका नवराज न्यौपाने चुनिएका छन् । त्यस्तै, केन्द्रीय सदस्यहरुमा अनुप खनाल (अमेरिका), बिमला सापकोटा (क्यानडा), सिजन दाहाल (जर्मनी), महेन्द्र बस्नेत (अमेरिका) विनोद मरासिनी (पोर्चुगल), कुशल पौडेल (जापान) विनोद थापा (मलेसिया), अन्जु मल्ल ठकुरी (बेल्जियम) आविष्कार बास्तोला (नर्वे) वैकुण्ठ सिग्देल (अस्ट्रेलिया) बल कृष्ण दाहाल (बेलायत) बलराम तामाङ (चीन) विद्या बराल (नेपाल) विनय अधिकारी (स्पेन) विनोद बास्तोला (दक्षिण कोरिया) विनोद गुरुङ (क्यानडा) छन् । त्यस्तै, दिप जंग शाह ठकुरी (कतार, दिपेश राज घिमिरे (चीन, हरी बि सी (माल्टा, हरी खड्का (यु ए ई) होम नाथ गिरी (कुवेत) कृष्ण गिरी (डेनमार्क) लाल प्रसाद पाण्डे (भारत) मनीषा रानाभाट (नेपाल, नवीन कटुवाल (नेपाल) नारायण भण्डारी (क्याम्बोडिया) निश्चल चापागाईँ (अमेरिका) फुर्बा तामाङ (डेनमार्क) प्रशान्त गुरुङ (हंगकंग) पुष्प राज सुबेदी (अमेरिका) रंजन राज कुँवर (दक्षिण कोरिया) रवि अर्याल( आयरल्यान्ड) सुलभ हमाल ठकुरी (न्युजिल्यान्ड) सुरेश राज त्रिपाठी (साउदी अरेबिया) सुस्बिन वाग्ले (अस्ट्रेलिया) सुशील पोखरेल (फिनल्यान्ड) साइमोन मुडभरि (अस्ट्रेलिया) उज्ज्वल बज्राचार्य (नेपाल, उपेन पौडेल (बेलायत, युवराज न्यौपाने ( मकाउ र रिता शाही( नेपाल) रहेका छन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेल वर्तमान अवस्थामा प्रतिस्पर्धामा आफूलाई धारिलो बनाएर नेपाली काँग्रेसलाई अगाडी लैजानु पर्ने समय आएको बताए ।उनले आफ्नो मन्तव्यको क्रममा नेपाली काँग्रेस कुनै क्षेत्रमा सँगै जान सक्ने अवस्था भएमा फाउनडेशनसंग मिलेर जान तयार रहेको बताउदै उनले नेपालमा तत्काल राम्रो जनशक्ति र पूर्वाधार व्यवस्था गरेर सेवा पुर्‍याउन गारो रहेको तथा स्वास्थ्यमा प्रविधिको एकदम आवश्यकता रहेको समेत बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसको केन्द्रीय सदस्य प्रतिमा गौतम, कोसी प्रदेशका निर्वतमान मुख्य मन्त्री केदार कार्की, शंकर तिवारी ( नेपाली काँग्रेस नेता, जय नेपाल फाउनडेशन नेपालका अध्यक्ष बद्री अर्याल, पूर्व संसद् सदस्य बिजुला बर्मा राणा, सुरेश राज त्रिपाठी महामन्त्री नेपाली जनसम्पर्क समिति साउदी अरब तथा महासमिति सदस्य, राम शरण हुमागाईँ (भर्जिनिया) नेका महाधिवेशन प्रतिनिधि अमेरिका, एनआरएनए बेल्जियमका अध्यक्ष सिता सापकोटा , प्रेम न्यौपाने पूर्व सचिव ,नेपाल पत्रकार महासंघ नवलपुर ९पूर्वी नवलपरासी०, विष्णु बहादुर क्षेत्री काँग्रेस माहाधिबेशन प्रतिनिधि कास्की ३, सुदिप मोहन भट्टराई ( जय नेपाल फाउनडेशन ( गण्डकी प्रदेश संयोजक, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा केशव पौडेल , एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सागर सुबेदी, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष दीपक गौतम, एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष दिलु पराजुली, एनआरएनए अमेरिकाका महासचिव रामहरी अधिकारी, फाउनडेशनका संस्थापक सदस्य विश्व बराल, फाउनडेशनका केन्द्रीय कोशाध्यक्ष गोविन्द श्रेष्ठ, फाउनडेशनका ग्लोबल नलेज नेटवर्कका डा निरज श्रेष्ठ, फाउनडेशनका ग्लोबल मिडिया नेटवर्कका भगीरथ योगी, फाउन्डेसनका केन्द्रीय सदस्यहरू, एनआरएनएका बोर्ड सदस्यहरू, च्याप्टरहरू, प्रदेश, जिल्ला समिति तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले उपस्थित सबैलाई स्वागत,केन्द्रीय महासचिव अग्नि चौलागाईं र युथ नेटवर्कका महासचिव नवराज न्यौपानेले कार्यक्रम संचालन तथा नव निर्वाचित कार्यसमितिको तर्फबाट केन्द्रीय सदस्य सिजन दाहालले सबैलाई धन्यबाद प्रदान गरेका थिए। कार्यक्रमका सभापति डा यादव पण्डितले यो संस्था सबै सँग मिलेर काम गर्नको लागि स्थापना गरेको तथा सबै संस्थाको सहयोगी संस्था हो र नेपालमा सामाजिक रुपमा समेत जोडिएर विभिन्न क्षेत्रमा काम गरिरहेको दिए ।

(Visited 62 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services