राप्रपा अध्यक्ष लिङ्देन अस्ट्रेलिया आउदै
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अष्ट्रेलियाको मेलबर्न आउने भएका छन् । राप्रपाको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको पाँचौ अधिवेशनका लागि लिङदेन आउने तय भएको बताईएको छ ।

प्रवासी नेपाली एकता समाज भिक्टोरियाका अध्यक्ष सुन्दर कार्कीका अनुसार अगष्ट १७ मा ईस्टोनियन हालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । लिङ्देनले त्यहाँ रहेका नेपाली समूदायसँग अन्तरक्रिया गर्नेछन् ।

लिङ्देनसँगै राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला पनि जाने तय भएको छ । मेलबर्नपछि एडिलेडमा एक कार्यक्रममा सहभागी भएर लिङ्देन सिड्नीमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् ।प्रवासी एकता समाजमध्ये अष्ट्रेलियाको संस्था राप्रपाको बलियो संस्था मानिन्छ । (साभारः नेपाल प्रेस)

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services