मेलर्बनमा नेपाली टोलीलाई सात पदक
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । अष्ट्रेलियामै बसोबास गरिरहेका नेपाली राष्ट्रिय टोलीका खेलाडीले मेलवर्नमा आयोजना भएको ५०औं राष्ट्रिय कराते च्याम्पियनसिपमा विभिन्न विधामा ७ पदक जितेका छन् । न्यु साउथ वेल्स (एनएसडब्लु) राज्य अष्ट्रेलियाबाट प्रतिनिधित्व गरेका नेपाली खेलाडीले २ रजत पदक र ५ कास्य पदक जितेका हुन् ।

दिवस श्रेष्ठ ८४ केजीमाथिको तौल समूहर टिम कुमुतेमा रजत पदक जित्न सफल भए । टिम कुमुतेमा रजत जितेका नविन रसाइलीले ६७ केजीमुनि तौल‌ समूहमा कास्य हात पारे । नविन १३ औं सागका स्वर्ण पदक विजेता हुन्।मलिका थापाले ५५ केजीमुनि, मनिष थापा र विजय श्रेष्ठले समान ६० केजीमुनि र राजकुमार रसाइलीले ७५ केजीमुनि तौल समूहमा कास्य प्राप्त गरेको खेलाडी नविन रसाइलीले जानकारी गराए ।

एनएसडब्लु राज्य अष्ट्रेलियाबाट सहभागी भएकामध्येबाट सुजन श्रेष्ठमात्रै पदक विहीन बने ।च्याम्पियनसिप भिक्टोरिया राज्यको मेलवर्नस्थित जिलोङमा २ देखि ४ अगस्टसम्म सञ्चालन भएको थियो । पछिल्लो समय अष्ट्रेलियामा रहेका नेपाली खेलाडीहरु विभिन्न च्याम्पियनसिपमा सहभागी हुदै आइरहेको छ । (साभारः हाम्रो खेलकुद)

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services