सिड्नीमा ‘अस्ट्रेलिया–नेपाल इकोनोमिक समिट’ आयोजना हुने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा ‘‘अस्ट्रेलिया–नेपाल इकोनोमिक सम्मेलन’ आयोजना हुने भएको छ । अस्ट्रेलिया– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आगामी डिसेम्बर २०२४ मा सम्मेलन आयोजना हुने लागेको हो । सम्मेलनमा, नेपालमा लगानीको अवसर र त्यसका प्रक्रियाबारे अस्ट्रेलियन लगानीकर्तालाई जानकारी गराइनेछ ।

अस्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डिला खरेलले नेपालमा विदेशी लगानीको अवसर र विदेशी लगानी भित्र्याउन हाल देखिएका समस्या समाधानका उपाय खोजीका विषयमा बृहत् छलफल गर्न सम्मेलन प्रभाबकारी हुने जानकारी दिए । सम्मेलनमा अस्ट्रेलियन उद्योगी व्यवसायीहरूका माझमा नेपालमा लगानीको अवसर, लगानीका क्षेत्र र प्रतिफलका सम्बन्धमा छलफल हुने अध्यक्ष खरेलको भनाइ छ ।

उनका अनुसार सम्मेलनमा अस्ट्रेलियाका अर्थमन्त्री जिम चाल्मर्र र त्यहाँको केन्द्रीय बैंकका प्रतिनिधिसहित नेपालबाट अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनर सहभागी हुनेछन् । नेपालबाट निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित गर्न उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघलाई औपचारिक रूपमा निमन्त्रणा पठाइने अध्यक्ष खरेलले जानकारी दिए ।

‘समग्रमा दुई देशका उद्योगी व्यवसायीसहित दुई देशका सरकारका अधिकारीहरूसमेत सहभागी गराउने र नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने विषयमा सम्मेलनमा केन्द्रित हुनेछ’ अध्यक्ष खरेलको भने, ‘दुई देशकै उद्योग वाणिज्य क्षेत्रका व्यक्तित्वहरूबिच बृहत् छलफल हुनेछ ।’

(Visited 29 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services