दशैंदेखि अस्ट्रेलिया–नेपाल सिधा हवाई उडान
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । नेपालीहरुको महानपर्व दशैंदेखि अस्ट्रेलिया–नेपाल सिधा हवाई सेवा सुरु हुने भएको छ । दुईदेशबीच उडान सम्झौता भएको लामो समय भएपनि सेवा सुचारु हुन नसकेको सन्र्दभमा अब नेपाल एयरलाइन्सले दशैदेखि सिड्नी–कामठाडौँ सेवा सुचारु गर्न लागेको जनाएको छ ।

त्यसका लागि, एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ्ग निर्देशक टेकनिधि दाहाल, अपरेसन निर्देशक दीपुराज जुहार्चन र बोर्ड सदस्य किशोर प्रधान सहितको टोलीले सिड्नीमा अष्ट्रेलियाका उडान अधिकारीहरुसँग अन्तिम छलफल गरेका छन् । अस्ट्रेलियाको उड्डयन प्राधिकरण तथा पुर्वाधार बिभागको अनुरोधमा अस्ट्रेलिया आएको नेपाली टोलीले ‘टेक्निकल एसेसमेन्ट’ को बिषयमा केही कुरा टुंग्याउन बाँकी रहेको जनाएका छन् ।

‘फाईनल एप्रुभल आएपछि यही दशैंदेखि नेपाली विमानले सिड्नीसँग सिधा उडान गर्ने योजनामा हामी विस्वस्त छौं,’ नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीले भनेका छन् । नेपाल एयरलाइन्सले यसअघि नै सिड्नी विमानस्थलबाट साताको दुईवटा उडान भर्ने अनुमति प्राप्त गरिसकेको छ । कार्यकारी अध्यक्ष अधिकारीले उडान सुरु गर्ने विषयमा देखिएका समस्या समाधानका लागि नै आफूहरु अस्ट्रेलिया आएको र समस्या समाधान भएको दाबी गरे । सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई उडान गर्ने बिषयमा सहमति भएको थियो ।
(Visited 39 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services