राजुलाई बचाउन सहयोगको सार्वजनिक अपिल
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 months ago

सिड्नी । सुन्दर भविश्यको खोजीमा अस्ट्रेलिया आएका बागलुङका ४० बर्षीय राजु केसीलाई ब्रेन क्यान्सर भएपछि उपचारमा सघाउन परिवारजनले सार्वजनिक अपिल गरेका छन् । उनको उपचारका लागि ८० हजार अस्ट्रेलियन डलर भन्दा बढी लाग्ने भएपछि अस्ट्रेलिया, जापान र नेपालमा फेसबुक तथा गोफण्डमी डटकम मार्फत सहयोग संकलन अभियान सञ्चालन गरिएको छ ।

बाग्लुङ नगरपालिका २ निवासी राजु, नेपालमा रहँदा देखि विभिन्न सामाजिक कार्यमा आबद्ध रहँदै मानवीय सेवामा सक्रिय रहेका थिए । अक्टोबर ५, सन् २०२२ मा अचानक बोल्नै नसक्ने भएपछि परिक्षणका क्रममा उनलाई ब्रेन ट्युमर भएको रिर्पोट आएको थियो । सिड्नीस्थित रोयल प्रिन्स अलफ्रेड अस्पतालमा ट्युमरको सफल अप्रेशन भएपनि राजुलाई केहि समयपछि ब्रेन क्यान्सर देखिएको थियो ।

राजुको अहिले सिड्नीको क्रिस ओ बोरेन लाईफ हाउस क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । महँगो स्वास्थ्य उपचारका कारण बिमा रकमले सम्पूर्ण खर्च कभर नगर्ने भएकोले जहाँबाट जति सकिन्छ, सहयोग गर्न राजुकी धर्मपत्नी उषा केसीले आग्रह गरेकी छन् । नेपालमा कुमार बैंक लिमिटेडमा रहेको खाता नम्बर र अस्ट्रेलिया लगायतका देशबाट गोफण्डमी डटकमबाट मार्फत सहयोग गर्न सकिनेछ ।

(Visited 48 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services