सिड्नीमा अनलाइनबाटै ड्राइभर लाइसेन्सको परिक्षा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 months ago

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यमा अनलाइनबाटै डाइभर लाइसेन्सको परिक्षा दिन सकिने भएको छ । जुलाई एक तारिखबाट एल प्लेट अर्थात लरर्नर लाइन्सेसका लागि घरबाटै परिक्षा दिने व्यवस्था गरेको राज्य सरकारले जनाएको छ ।

यसअघि, एनएसडब्लुको सर्भिस सेन्टरमा सुपरिक्षेकको निगरानीमा परिक्षा दिनुपर्ने थियो । तर, अब अनलाइनबाटै परिक्षा दिन सकिने र त्यसका लागि सर्भिस एनएसडब्लुको वेभ साइटबाट मिति र समय निर्धारण गर्नुपर्नेछ । एनएसडब्लुमा, रोडमा गाडी चलाउन सिक्नुअघि, लरर्नर लाइन्सेन्स अनिवार्य बनाईएको छ । लरर्नरपछि बल्ल, रेड र ग्रीन हुदै पूर्ण लाइसेन्स प्राप्त गर्न सकिन्छ ।

राज्य सरकारले परिक्षा शुल्क भने ४५ डलरबाट ५५ डलर पु¥याएको छ । यसअघि, परिक्षामा एकपटक अनुत्र्तिण भए, फेरि बुकिङ गरेर, शुल्क समेत फेरि तिर्नुपर्ने भएपनि अब चाही, ५५ डलरमा जति पटक परिक्षा दिएपनि हुने जनाईएको छ । ट्रान्सपोट एनएसडब्लुका एक अधिकारी, दुक्यान लुकसले घरबाटै परिक्षा दिने व्यवस्थाले धेरैलाई सहज हुने विश्वास व्यक्त गरेका छन् । ‘अहिले सम्म हामीले त्यस्तो कुनै किसिमको चिटिङ र नकरात्मक कुराहरु फेला पारेका छैनौँ’ उनले भनेका छन् ।

(Visited 28 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services