ट्याक्स रिर्टनमा हतार नगर्न कडा सूचना
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 months ago

सिड्नी । अस्ट्रेलियाको ट्याक्सेशन अफिस (कर कार्यालय)ले ट्याक्स रिर्टनमा हतार नगर्न कडा सुचना जारी गरेको छ । बर्षभरि काम गरेका कामदारहरुले आर्थिक बर्षको अन्तिममा खर्च विवरण अनुसार ट्यास रिर्टन पाउंछन् ।

अस्ट्रेलियामा जुलाई १ बाट नयाँ आर्थिक बर्ष सुरु हुने भएकोले जुलाईको पहिलो हप्ताबाटै ट्याक्स रिर्टनको दाबी गर्न पाईने प्रावधान रहेको छ । तर, कर कार्यालयले भने हतारमा ट्याक्स रिर्टन दाबी गर्दा, करदाताहरुले थुप्रै गल्ती गर्ने भएकोले हतारमा त्यस्तो गल्ती नगर्न सचेत गराएको हो । ट्याक्सेशन अफिशका सहायक कमिशनर रोब थोमसले ट्याक्स रिर्टन हतारमा गर्ने काम नभएको भन्दै आफ्नो सम्पूर्ण विवरण स्पष्ट र यकिनका साथ पेश गर्न सुझाब दिएका छन् ।

यसपटक सरकारले ल्याएको नयाँ करनीतिका कारण कामदारहरुले कम्तिमा विगतको भन्दा बढी ट्याक्स रिर्टन पाउने बताईएको छ । सहायक कमिशनर थोमसले मानिसहरुले हतारमा विवरण बुझाउँदा, बैंकको व्याजबाट भएको आम्दानी, डिभिडेन आम्दानी र सरकारी एजेन्सीबाट प्राप्त आर्थिक कारोबारको विवरण छुट्ने समस्या देखिएको बताएका छन् । उनले कुनै कुरामा स्पष्ट नभए कार्यालयको वेभसाइट, रजिस्र्टड ट्याक्स एजेन्टहरुको सहयोग लिन समेत सुझाब दिएको छ ।

(Visited 25 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services