नवनियुक्त राजदूत पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत कैलाशराज पोखरेलले सोमबार ओहोदाको प्रमाणपत्र बुझाएका छन् । क्यानबेरास्थित गर्भनर हाउसमा आयोजित औपचारिक कार्यक्रमबीच राजदुत पोखरेलले अष्टे«लिया सरकारका गर्भनर जनरल डेभिड हर्लीलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका हुन् । जुलाई २० मा अष्टेलियाको राजधानी क्यानवेरास्थित नेपाली दुतावासमा औपचारिक कार्यभार सम्हालेका पोखरेलले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउँदै आफ्नो कार्यकालमा दुई राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।

ओहदाको प्रमाणपत्र ग्रहण गर्दै गर्भनर जनलर हर्लीले दुई राष्ट्रबीच लामो समयदेखि मित्रवत् सम्बन्ध रहेको भन्दै पोखरेलको सफल कार्यकालको शुभकामना दिएका थिए । ‘ गर्भनर हर्लीले अष्ट्रेलिया र नेपालीबीच कायम सम्बन्ध विश्वास, समझदारी र सहकार्यका कारण अझ सुमधुर र गाढा बनेकोमा खुसी व्यक्त गर्नुभएको छ’, दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्ट्रेलियाली सरकारकातर्फबाट वैदेशिक विभागका अधिकारी र नेपाली टोलीका तर्फबाट दूतावासका अधिकारी सहभागि कार्यक्रममा राजदुत पोखरेललाई गार्ड अफ अनरले सम्मान गरिएको थियो ।

(Visited 114 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services