पारसलाई सन्दीपको शुभकामना (भिडियोसहित)
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट प्रतियोगिता खेल्दैछन् । लेन्जेन्ड्स लिग क्रिकेटले आगमी सेप्टेम्बर र अक्टोबरमा हुने प्रतियोगिताको लागि पारस खेल्ने सार्वजनिक गरेसँगै कप्तान सन्दीप लामिछानेले खुशी व्यक्त गर्दै सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटर मार्फत शुभकामना दिएका छन् । सन्दीपको उक्त ट्विटले यी दुई होनहार क्रिकेटरबीच सम्बन्ध राम्रो छैन्, यतिसम्मकी बोलचाल पनि छैन् भन्ने आम अनुमानलाई गलत सावित गरिदिएको छ ।

लेजेन्ड्स क्रिकेट लिगमा विश्व क्रिकेटमा नाम चलेका पूर्व खेलाडीहरुले खेल्ने गर्दछन् । गत जनवरीमा भएको प्रतियोगितामा वल्र्ड जायन्ट्स, एसिया लायन्स र भारतको महराज क्रिकेट टोली गरि तीन टोलीले प्रतिस्पर्धा गरेका थिए भने उपाधि विश्व जायन्ट्सले जितेको थियो । यसपटक प्रतियोगिता भारतमा हुँदैछ । लेजेन्ड्स लिगमा पारसको अनुबन्धनबारे सन्दीपले भनेका छन्, यो एकदमै उत्कृष्ट समाचार हो । लेजेन्ड्सहरु मैदानमा खेलेको हेर्न आतुर छु, त्यसका लागि हाम्रो आफ्नै दाई पारसलाई शुभकामना । सन्दीपको उक्त ट्विटलाई सम्पूर्ण क्रिकेट समर्थकहरुले सकरात्मक रुपमा लिएका छन् र सन्दीपले परिपक्क व्यवहार प्रर्दशन गरेको उल्लेख गरेका छन् ।


यस पटक पारस खड्का, श्रीलंका पूर्व महान् बलर चामिन्डा भास लगायत ८ खेलाडीले लेजेन्ड्स लिग खेल्दैछन् । यो संस्करणमा विश्वका ५० लेजेन्ड्सले खेल्ने पक्का भएको छ । यसपटक ज्याक्स कालिस, सौरभ गांगुली, हरभजन सिंह, इरफान पठान, डेल स्टेन, शेन वाट्सन लगायतका विश्वभरका चर्चित खेलाडीले खेल्नेछन् ।गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारसले नेपालका लागि १० एकदिवसीय, ३३ टि२०, २ प्रथम श्रेणी र ४६ लिष्ट ए प्रतियोगिता खेलेका छन् । उनले एकदिवसीयमा एक शतक सहित कुल ३ सय १५ रन बनाएका छन् ।

(Visited 26 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services