अस्ट्रेलियामा समय एकघण्टा पछि हुने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 weeks ago

सिड्नी । अस्ट्रेलियामा आइतबार मध्यरातमा समय एकघण्टा पछि फर्किने छ, जसलाई यहाँ डे लाइट सेभिङ भन्ने गरिन्छ । सुर्याेदय र सुर्योस्तलाई अघि सार्न बर्षको दुईपटक समयलाई एक÷एक घण्टा घटबढ गर्ने परम्परा छ ।

सोही अनुसार, आइतबार बिहान तीन बज्नुपर्नेमा फेरि दुई नै बज्नेछ, जसका कारण राती एक घण्टा बढी सुत्न पाइनेछ । त्यसैगरि यहीबर्षको अक्टोबर ६ तारिखमा बिहान २ बज्नुपर्नेमा सिधै तीन बज्ने छ । यसले सिजन अनुसार रात र दिनको समयलाई बराबर बनाउनेछ । समयलाई अघि पछि पारे पनि समग्रमा बार्षिक घण्टामा भने कुनै थपघट हुदैन् ।

अस्ट्रेलियाको सिड्नी, मेलर्वन, क्यानबेरा, तास्मनियाँ र साउथ अस्टे«लियामा मात्र डेलाइट सेभिङ लागु हुनेछ भने अन्य राज्यहरुमा भने यथावत रुपमा समय चल्नेछ । अस्ट्रेलियामा यो परम्परा सन् १९१६ देखि चल्दै आएको छ । राती काम गर्ने कामदारहरुले भने आइतबार समय पछि फर्किने भएकोले तोकिएको घण्टा मात्र पुरा गनुपर्ने प्रावधान रहिआएको छ ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services