एडभान्स कलेजलाई ह्याट्रिक अवार्ड
प्रकाशित मितिः4 years ago

सिड्नी । उच्च शिक्षा अध्ययनका लागि आकर्षक गन्तव्य बनिरहेको अष्टे«लियाको शिक्षा क्षेत्रमा नेपाली समुदायले सञ्चालन गरिरहेको शैक्षिक संस्थाहरु पनि अब्बल छन्, भन्ने ज्वलन्त उदाहरण बनेको छ, सिड्नीस्थित बरउडमा सञ्चालित एड्भान्स कलेज ।नेपाली लगानी र व्यवस्थापनमा विगत ९ बर्षदेखि एजकेयर र डिजाबिलिटी अर्थात अपाँगतासम्बन्धि शिक्षा दिदै आएको उक्त कलेजले एकहप्ताअघि, लोकल विजनेस अवार्डमा ह्रयाटिक गर्दै उक्त कुराको प्रमाणित गरेको हो । आन्तरिक तथा बाह्य व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गर्दै आएको कलेजले सन् २०२० र २०२१ मा पनि उक्त अवार्ड जित्न सफल भएको थियो ।

अवार्ड प्रतिस्पर्धामा शिक्षा सेवामा ६० वटा शैक्षिक संस्था सहभागी भएकोमा एडभान्ससहित जसमध्ये ६ वटा फाइनलमा पुगेका थिए । कलेजले लगातार तेस्रोपटक स्थानीय अर्वाड जितेपछि एडभान्स कलेजकी प्रमुख कार्यकारी अधिकृत पुष्पा अर्याल घिमिरेले सफलताको असली हकदार विद्यार्थी, कर्मचारी, सरोकारवाला तथा शुभेच्छुकहरु रहेको बताएकी थिइन् । एडभान्स कलेजबाट स्नातकसम्मको शिक्षा लिएका अधिकांश विद्यार्थीहरु अष्टैलियाको शैक्षिक क्षेत्रमा उत्कृष्ट जनशक्तिका रुपमा उदाएका छन् । एडभान्स कलेजको सफलताले शैक्षिक क्षेत्रमा लागेका अन्य नेपाली लगानीकर्ताहरुलाई उत्साह प्रदान गर्दै गरेको छ ।

 

(Visited 62 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services