सिड्नीका १६ अस्पतालका नर्सहरु आन्दोलित
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । कोभिड महामारीको समयमा सरकारले हटाएको पार्किङ शुल्क फेरि कार्यान्वयन गरेपछि बार्षिक ठुलो आर्थिक व्ययाभार थपिएको भन्दै नर्स, डाक्टर लगायतका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले बार्षिक २६ सय डलर भन्दा बढी पार्किङ शुल्क तिर्नुपर्ने अवस्था सिर्जना भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।सिड्नीका विभिन्न सबबहरुमा रहेका १६ भन्दा बढी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएपछि स्थानीय काउन्सिल देखि राज्य सरकार पनि दबाबमा परेका छन् । कोभिड महामारीका समयमा सरकारले स्वास्थ्यकर्मीका लागि आफ्नो कार्यक्षेत्रका अतिरिक्त अन्य स्थानहरुमा पनि पार्किङ निशुल्क गरेको थियो ।

राज्य सरकारले अहिले कोभिडको महामारी पूर्ण रुपमा सकिएको भन्दै अन्य सुविधाहरु बढाएर फेरि पार्किङ शुल्क तिनुपर्ने नियम कार्यान्वयनमा ल्याएको छ । स्वास्थ्यकर्मीहरुको आन्दोलनपछि काउन्सिलहरुले यसबारे सोच्न सकिने बताएका छन् ।

(Visited 67 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services