सिड्नी । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया मातहत न्यु साउथ वेल्स राज्य कमिटीको अध्यक्षमा सुर्यमोहन शर्मा निर्वाचित भएका छन् । मार्च २ मा सिड्नीमा सम्पन्न तेस्रो अधिबेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा २१ सदस्यी कमिटी निवार्चित गरेको हो ।
प्रवासी नेपाली मञ्च नेकपा एमालेको भातृ संगठन हो । निर्वाचित कमिटीको उपाध्यक्षमा गोबिन्द तामांग, सचिवमा उषा किरण बारिया, उप–सचिवमा अंजान सोनी र अवानी पौडेल र आर्थिक बिभाग प्रमुखमा बिनोद खड़का रहेका छन् । त्यस्तै सदस्यहरुमा पवन डल्लाकोटि, सृजन भट्टराई, बिशाल रेग्मी, सागर सिलवाल, साजन श्रेष्ठ, रमेश सिंह, संशांक बस्याल, दिनेश अधिकारी, कुशल रिमाल, योगेश पराजुली, दिव्य प्रधान, विवेक शाक्य, सुजन श्रेष्ठ, सुशन जोशी र उमेश बिके रहेका छन् ।
अधिवेशनले बाबुराम पोखरेलको संयोजकत्वमा सल्लाहकार कमिटी पनि गठन गरेको छ । सल्लाहकार कमिटीका सदस्यहरुमा राजु गौचन, प्रेम शाह, भूपेन्द्र चुडाल, तारा लामा, शरद सापकोटा, डा. लेनिन पौडेल, दीपक जोशी, लक्ष्मण भुसाल, अर्जुन पौड़ेल, सीताराम घिमिरे र अशोक उप्रेती चयन भएका छन् ।
© 2023. All rights reserved. Designed By: HK Web Services