तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिपको उद्घाटन खेलमा एक्सपर्ट र मुनलाइट भिड्ने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः5 months ago

सिड्नी । अस्ट्रेलियाको तास्मनियामा शनिबारदेखि तेसो टिएनसिए टि–ट्वान्टी च्याम्पियनसिप प्रतियोगिता सुरु हुदैछ । तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसिए)को आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । टिएनसिएका अध्यक्ष कमल भण्डारीले प्रतियोगिताको उद्घाटन खेलमा एस्पर्ट क्रिकेट क्लब र मुनलाइट राइनोज क्रिकेट क्लब बीच हुने तय भएको जानकारी दिए ।

प्रतियोगितामा तास्मानियामा रहेका ७ नेपाली टिम सहभागी भएका छन् । अध्यक्ष भण्डारीका अनुसार, गोर्खा लिजेन्ड्स, लान्सेस्टन नेपाली क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब, काठमाडौँ वारियर्स, यती क्रिकेट क्लब, मुनलाइट राइनोज क्रिकेट क्लब र क्यापिटल क्रिकेट क्लब रहेका छन्।

प्रतियोगिताको विजेता टिमले दुई हजार अष्ट्रेलियन डलर नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छ भने उपविजेता टिमलाई एक हजार अष्ट्रेलियन डलर नगद ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान, बिट बलर अफ द टुर्नामेन्ट, उत्कृष्ट फिल्डर, प्लेयर अफ द सिरिज र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिने बताईएको छ ।

आयोजकका अनुसार, मार्च २, ९, र १० तारिख हुने खेलहरु क्लोक ओभल क्रिकेट मैदान होबार्टमा हुनेछन्। ३ मार्च तारिखमा हुने खेलहरु इभान्डेल क्रिकेट मैदान लान्सेस्टनमा र मार्च १६ र १७ मार्चमा हुने सेमिफाइनल र फाइनलका खेल क्लोक ओभल क्रिकेट मैदान होबार्टमा हुनेछन्।

होबार्टको क्लोक ओभलमा हुने खेलको अम्पायर सीटीपीएल अम्पायर देव पौडेलले गर्नेछन् भने इभान्डेल क्रिकेट मैदान लान्सेस्टनमा हुने खेलको अम्पायर विवेक सेढाईले गर्नेछन् । ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन टाइटल स्पोन्सर रहेको उक्त टुर्नामेन्टको ट्रफी तथा मेडल गत बिहीबार एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो ।

(Visited 33 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services