सिड्नीमा नेपाली ‘बहुसाँस्कृतिक’ भवन बनाईने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायको स्वामित्वमा रहने गरी एक ुबहुआयामिक, बहुसाँस्कृतिकु भवन बन्ने भएको छ।भवन निर्माणको लागि एक गतिशील तदर्थ समिति गठन भएको छ।अस्ट्रेलियास्थित नेपाली समुदायमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका विष्णु हमालको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ समिति गठन भएको हो। जसको सचिवमा शिव बन्जारा चयन भएका छन्।

अस्ट्रेलियामा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने नेपाली समुदायको हालको अनुमानित संख्या १ लाख ९० हजार छ। जसमध्ये ९० हजार नेपाली सिड्नी र आसपासको क्षेत्रमा बसोबास गर्छन्। जुन कुल नेपाली जनसमुदायको जनसंख्याको ४५ प्रतिशत हुन आउँछ।

ुसबैको हात, एकै साथु अस्ट्रेलियाको सिड्नीस्थित नेपाली समुदायमा खट्केको यस योजना सबैको साथ भए २ वर्षमा योजनाले आवश्यक जग्गा खरिद गरा संरचना निर्माणले मूर्त रूप लिने संयोजक हमाल बताउँछन्। विभिन्न संस्थामार्फत् विभिन्न प्रयास भए पनि योजना अनुरूप अपेक्षित नतिजा नआएकोले अब नतिजा उन्मुख यस परियोजनामा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको समन्वयमा र सबै सामाजिक संस्थाहरूको सहजीकरणमा यस योजना सम्पन्न गर्ने गैर आवासीय नेपाली संघका अध्यक्ष अनिल पोखरेलले बताए। (साभार सेतोपाटी अनलाइन)

(Visited 66 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services