ओपेरा हाउसमा टेलिश्रृंखला ‘हल्का रमाइलो’को छायांकन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः5 months ago

काठमाडौं । टेलिभिजन श्रृंखला ‘हल्का रमाइलो’का दर्शकले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथावस्तुमा नयाँ एपिसोड हेर्न पाउने भएका छन् । निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले अष्ट्रेलिया पुगेर सिरियलका दुई एपिसोड छायांकन गरेका छन् ।

यी दुई एपिसोड बल्छी धुर्बे र अर्की कलाकार पुजन घिमिरे ‘पुकु’ देखिनेछन् । उनीहरुले क्यारेक्टर पोशाकमै त्यहाँ सिरियल खिचेका छन् । सिड्नीको प्रसिद्ध पर्यटकीय थलो ओपेर हाउसअघि पनि उनीहरुले पात्र पहिरनमै श्रृंखला खिचे ।उनीहरु ओपेरा हाउस अगाडि क्यारेक्टर गेटअपमै प्रस्तुत छन् ।

‘हल्का रमाइलो’बाहेक उनले त्यहाँ ‘निर्मोहीको याद आउँछ झट्टै’ बोलको म्युजिक भिडियो पनि छायांकन गरे । यो गीतमा पुकुसहित उनी रोमान्टिक देखिएका छन् । यो गीतको कम्पोजर र एरेन्ज एचबीएन किस्मतले गरेका हुन् भने राजु सुनामले गीत लेखेका हुन् ।यसबाहेक उनले त्यहाँ विद्यार्थीको वास्तविक समस्याबारेको सिरिज पनि खिचेका छन् । (साभार अनलाइन खबर)

(Visited 131 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services