सिड्नीका बिनोदले ९ महिनामै सम्पन्न गरे क्रिकेट रंगशाला
✍ सुमन अधिकारी
प्रकाशित मितिः2 months ago

बुटवल । आफूले बनाउन लागेको क्रिकेट मैदान तोकिएको समयमा निमार्ण पूरा गरि खेल खेलाउने बताउदै गर्दा विनोद कुँवरको कुरा धेरैले पत्याउन सकेका थिएनन् । तर आज बनजर जमिनलाई सम्याएर सिल्यान्यास गरिएको ९ महिनामा क्रिकेट खेल आयोजनाको घोषणा गर्दै गर्दा धेरै जना आश्चार्यमा पर्नु स्वभाविक छ । यो अवस्था सिर्जना भएको हो रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ दरखसहवामा निमार्णाधिन एक्स्ट्राटेक ओभल अन्तराष्ट्रिय क्रिकेट मैदानको निमार्णबाट । गुल्मी घर भै अष्ट्रेलियामा बस्दै आएका विनोद कुँवर र उनकी श्रीमती सुदीक्षा गौतमले ४० करोडको निजी लगानीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउछु भन्दै गर्दा धेरैलाई पत्यार लागेकै थिएन ।

सरकारी ठूला लगानीका सुरु गरेका मैदानहरु बर्षौसम्म अलपत्र परेको देखेका र भोगेका क्रिकेट प्रेमीहरुका लागि कुँवर दम्पत्तिको कुरा सपना नै लागेको थियो, नेपालमा नीजि लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको निमार्ण सम्पन्न हुन्छ भनेर ।

नेपालमा राज्यको लगानीमा एउटा पनि मैदान पूर्ण रुपमा बन्न नसकेको, नबनाइएको अवस्थामा एउटा व्यक्तिले कसरी मैदान बनाउन सक्छ रु सबैको प्रश्न यहि थियो । तर विश्वमा धेरै उदाहरण छन्, व्यक्तिको सोंच र पहलमा ठूलाठूला क्रिकेट मैदान बनेका छन् । त्यो काम नेपालमा किन हुन सक्दैन भनेर गुल्मीका एक युवक अगाडी बढे र आज बनाएर देखाएका छन् ।

फागुन २८ गते उद्घाटन

तिलोत्तमा नगरपालिकामा बन्दै गरेको निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन २८ गते औपचारिक उद्घाटन हुँदैछ । मैदानको उद्घाटनका रुपमा नेपाली भेट्रान क्रिकेट खेलाडीहरुबीचको टि–१० प्रतियोगिता आयोजनाको घोषणा गरिएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्राण्ड एम्वेस्डर भेट्रान क्रिकेट खेलाडी शक्ति गौचनले फागुन २८ गते मैदानको औपचारिक उद्घाटनसंगै मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।]

गौचनले फागुन २८ आफुहरुले आयोजना गर्न लागेको प्रतियोगिताबाट सो मैदानमा कुनै पनि प्रकारको अन्तराष्ट्रिय म्याच खेलाउन सकिने उद्घोष गर्न लागेको जानकारी दिए । गौचनले मैदान र पिचको सबै काम सकिएको छ र अब कुनै पनि क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने बताए ।

उद्घाटनमा हुने मैत्रीपूर्ण प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टि विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागि हुने छन् । यसै वर्षको जेठ ३० गते मैदानको सिलान्यास गरिएको थियो । त्यसपछि मैदानमा धमाधम काम थालिएको थियो ।

पौने ५ विघा जग्गामा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशालासहित एकेडमी भवन निमार्ण थालिएको छ । मैदान निर्माणको पहिलो चरणमा मैदान लेभलिङ गर्ने, पिच बनाउने र आउटफिल्डमा घाँस बिछ्याउने काम सकिएको छ । मैदानका लागि आवश्यक मर्मत खेल समाग्रीहरु रोलर, घास काट्ने मेसिनहरु आएको छ । मैदानमा अब थप भौतिक पूर्वाधार थप्दै लाग्ने योजना रहेको छ ।

निमार्णाधिन क्रिकेट रंगशालामा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर बन्ने छ । रंगशाला कम्पाउन्डमा चार तलाको भवन बनाई १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा युएईमा लामो समय बसेर अबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठकले बोकेका छन् । (साभार खेलकुद डटकम)

(Visited 48 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services