अस्ट्रेलिया आउने पहिलो नेपाली डा. प्रधान र वमलाई ‘गोल्डेन जुबिली अबार्ड’
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः10 months ago

सिड्नी । रोजगार र अध्ययनका लागि पछिल्लो समय नेपाली विद्यार्थी र समुदायको आकर्षण देश अस्ट्रेलिया आउने पहिलो नेपाली अगुवा डा. नारायण प्रधान र इन्द्रा वमलाई ‘गोल्डेन जुबिली अवार्ड’ प्रदान गरिएको छ ।

नेपाली समुदाय अस्ट्रेलिया आएको ५० बर्ष पुगेको अवसरमा शनिबार सिड्नीस्थित लुक्ला टेलिभिजन र भिएफएमले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा डा. प्रधान र बमलाई उक्त अर्वाड प्रदान गरिएको हो । उक्त अवसरमा डा. प्रधानका धर्मपत्नी लिलालाई पनि सम्मान गरिएको थियो ।

अस्ट्रेलियामा नेपाली समुदायको बृहत्तर हितका लागि सुरुवाती चरण देखि अनवरत रुपमा लागि परेका द्धय प्रधान र बमलाई अस्ट्रेलियाका लागि नेपाली राजदुत कौलाशराज पोखरेल, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, अस्ट्रेलियाको संघीय तथा राज्यसभाका सांसद्हरुले संयुक्त रुपमा खादा, दुवोको माला र प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

डा. प्रधान र बम सन् १९७३ को आसपासमा अस्ट्रेलिया आउँदा नेपाल र अस्ट्रेलिया बीच कुटनीति सम्बन्ध स्थापना भएपनि दुतावास र कुटनीतिक नियोगहरु स्थापना भएको थियो । सम्मानित भएपछि डा. प्रधान र बमले आफुहरुको योगदानलाई कदर गरेको धन्यबाद दिएका थिए ।

(Visited 575 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services