सिड्नीमा नितेशले स्वीकारे समृद्धिसँगको प्रेम सम्बन्ध
✍ राजन घिमिरे
प्रकाशित मितिः5 months ago

सिड्नी । ‘रिबर्थ टूर’का लागि अष्ट्रेलिया पुगेका गायक नितेशजंग कुँवरले गायिका समृद्धि राईसँगको प्रेम सम्बन्धबारे स्पष्ट पारेका छन् । दुईजनाको सम्मानमा सिड्नीस्थित कोग्राको बैठक रेष्टुरेन्टमा मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा नितेशले भने, ‘उनीसँग विवाहको कुरा ठूलो रहेन । हामी त्यो भन्दा अगाडि बढिसकेका छौं । हामीबीचको सम्बन्ध, साथ र आत्मियता विवाहभन्दा ठूलो छ ।’आफ्नो सांगीतिक यात्रा लड्खडाएको अवस्थामा समृद्धिले साथ दिएको र त्यो साथ विवाहभन्दा वजनदार र अर्थपूर्ण रहेको उनले बताए । सो अवसरमा नितेश र समृद्धिले फेब्रुअरी २३ मा सिड्नीको राउण्ड हाउस हलमा सांगीतिक प्रस्तुति दिने जनाइएको थियो ।

उक्त जमघटमा नितेशले आफ्नो बहुचर्चित गीत ‘हाम्रो नेपालमा‘’ गाए । यस्तो चर्चित र मनकारी संगीतकर्मीलाई स्वागत गर्न पाएकोमा रेष्टुरेण्ट सन्चालक सागर राणाले खुशि व्यक्त गरे ।पछिल्लो समय अष्ट्रेलियामा आयोजना भएको सांगीतिक कार्यक्रममध्ये नितेश र समृद्धिको रिबर्थ टूर चर्चामा छ । उनीहरुले मेलवर्नबाट टूरको थालनी गरे । फ्रेबुअरी २३ मा सिड्नीको राउण्ड हाउसमा प्रस्तुति तय भएको छ ।

(Visited 41 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services