फुटबलका डिफेन्डर अन्जन पनि अष्ट्रेलियामा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः5 months ago

काठमाडौं । नेपाल राष्ट्रिय टोलीका डिफेन्डर अन्जन राई पनि घरेलु फुटबल छाडी अष्ट्रेलिया भासिएका फुटबलरको सूचीमा थपिएका छन् । सोमबार अष्ट्रेलियाका लागि प्रस्थान गर्दै उनले घरेलु फुटबललाई हालका लागि बिट मारेका छन् । पछिल्लो समय राष्ट्रिय टोलीका नियमित सदस्य रहेका उनले गत नोभेम्बरमा युएई विरुद्ध विश्वकप छनोटको खेलमा डेब्यु गरेका थिए ।

पछिल्लो समय राष्ट्रिय टोलीका नियमित सदस्य रहेका उनले गत नोभेम्बरमा युएई विरुद्ध विश्वकप छनोटको खेलमा डेब्यु गरेका थिए ।नेपाल पुलिस क्लब बाट ए डिभिजन लिग खेल्दै आएका उनले गत सिजन पुलिसले तेस्रो स्थान हासिल गर्दा अहम भूमिका निभाएका थिए । रक्षापंक्तिमा उनको योगदान बाहेक उनले लिगमा ३ गोल समेत गरेका थिए ।

नेपाल सुपर लिगमा भने उनले दुबै संस्करणमा काठमाडौं रेजर्सको प्रतिनिधित्व गर्दै पहिलो संस्करणको उपाधि विजेता टोलीमा सामेल थिए । उनले दोस्रो संस्करणका केही खेलमा टोलीको कप्तानी समेत गरेका थिए ।एनएसएल सकिएसँगै एन्फाले फुटबल क्यालेन्डर सार्वजनिक गर्न नसक्दा खेलाडीको विदेशिने क्रमले फेरि गति लिएको छ । ए डिभिजन लिग सकिएपनि बी र सी डिभिजन लिग सुरु हुन सकेको छैन । त्यसैले नयाँ सिजन सुरु नहुने पक्का हुँदा खेलाडीमा वितृष्णा बढेको हो । अझै दर्जन बढी राष्ट्रिय टोली र उमेर समूह खेलेका खेलाडीले विदेश जाने प्रक्रियामा रहेको बुझिएको छ ।

पलायनको समस्या खेलाडीबाट अफिसियलतर्फ पनि बढ्न थालेको छ । राष्ट्रिय र बहालवाला फिफा रेफ्री नै विदेशिने विगत पुनस् दोहोरिने डर बढेको छ । नेपालका केहि सक्रिय रेफ्री पनि विदेश जाने प्रक्रियामा लागेका छन् । (साभार हाम्रो खेलकुद)

(Visited 51 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services