
काठमाडौं । साढे ६ दशकपछि हुलाक टिकट नेपालमै छाप्न सुरु भएको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडलाई ८० लाख थान छाप्न जिम्मा दिएपछि नेपालमै हुलाक टिकटको पुनः छपाइ सुरु भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार विसं २०१६ सम्म नेपालमै टिकट छाप्ने गरिए पनि त्यसपछि विदेशमा छाप्न पठाउने गरिएको थियो । यसै वर्ष वर्षदेखि जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइ सुरु गरेको उनले बताए । सस्तो मूल्यमा टिकट छाप्न सकिने भएकाले राज्य कोषको वचत हुन जाने सरकारको विश्वास छ ।
हुलाक सेवा विभागले नेपालमै छापेको हुलाक टिकटमा टाँचा लगाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शहीदहरु कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल ‘अभागी’ र ऐतिहासिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्विर अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको जानकारी दिइन् ।उनले राजनीतिक सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरुको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताइन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services