गणेश छन्त्यालको भ्यालेनटाइन डे उपहार ‘मन चिरेर रोको..’
प्रकाशित मितिः5 months ago

सिड्नी । यतिबेला बजारमा प्रेमिल जोडीको रौनक नै फरक छ, कारण उनीहरुको उत्सब, भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको सिजन जो चलिरहेको छ ।

भ्यालेनटाइन डे मा प्रेमिल जोडीहरु आफ्नो अतृप्त मायाँ, स्नेह र प्रेम एकअर्कालाई समर्पण गर्न कुनै कसर बाँकी राख्दैनन् तर, सम्झनुस्, यहि मायाँमा परेर मन परेको मान्छेलाई अर्कैले सिन्दुर लगाइदिए के होला ? हो, यस्तै बज्रपात,छटपटी र उकुसमुसुकलाई समेटेर लोक दोहोरी सर्जक गणेश छन्त्यालले ‘मन चिरेर रोको’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

म्याग्दीको कुइनेमँगले जन्मेका गणेश अहिले अध्ययनका सिलसिलामा जापानमा छन् । बिदेशमा रहेपनि नेपाली कला, संस्कृति र लोक दोहोरीको क्षेत्रमा सकेको योगदान दिन गित बजारमा ल्याएको उनले जानकारी दिएका छन् । आफ्नै लय संकलनमा बजारमा ल्याएको गीतमा गणेश गायिका जुना श्रीष मगरले स्वरमा साथ दिएकी छन् भने शब्द संकलन प्रवेश छन्त्याल “तारा”को रहेको छ ।

गीतमा म्युजिक भिडियोमा भने नव कलाकारद्वय रिबिन्द्र छन्त्याल र यमी छन्त्यालले अभिनय गरेका छन् । ऊक्त भिडियोको छायाङ्कन तथा निर्देशन तेजेन्द्र भण्डारीले गरेका छन । गायक तथा सर्जक गणेश छन्त्यालले यस अघि पनि शिरफुल भाका ‘मेरो गाउँ’ ‘चुरोट तान्ने बानी’ ‘आमा छोरी’ जस्ता एल्बम् बजारमा ल्याइसकेका छन् । गणेश घ्याप्चन यूट्युब च्यानलबाट सार्वजनिक भिडियोको छायांकन जापानको विभिन्न स्थानमा गरिएको निर्माण पक्षले जनाएको छ ।

(Visited 121 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services